तस्बिर बोल्छ

तिप्लिङ पुगेर आयो सरकारी गाडी

मलेखु, १७ कात्तिक । तस्बिरमा देखाइएकाे याे जीप धादिङबाट नुवाकोट, रसुवाको स्याप्रुबेसी हुँदै रुवीभ्याली–१, पाङसाङ पास पुगेको जीप । यो जीप रुवीभ्यालीको तिप्लिङ, सेर्तुङ र खनियाबासको किन्ताङफेदी हुँदै धादिङबेँसी आइपुगेको छ । धादिङबेसी तिप्लिङ सडक खोलिएपछि सरकारी टोलीले पहिलोपटक यो बाटो पार गरेको हो । तस्बिर : शंकर श्रेष्ठ÷रासस पुरा पढौ

स्थानीयले घरमा राखेको मकैको झुत्ता

पाेखरा, १६ कात्तिक । कास्कीको माछापुच्छ्रे गाउपालिका-६ अस्थामका स्थानीयले घरमा राखेको मकैको झुत्ता । तस्बिर : हरिप्रसाद बास्तोला/रासस पुरा पढौ

परम्परागत पहिरनमा थारू युवती

ध्यविन्दु(नवलपरासी), १६ कात्तिक । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकामा मौलिक पहिरनमा सजिएका थारू समुदायका युवतीहरू । तस्बिर : विष्णुप्रसाद गौडेल/रासस पुरा पढौ

तातोपानी कुण्डमा स्नान गर्नेकाे घुइँचाे

ढोरपाटन, १३ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानी कुण्डमा स्नान गर्दै सर्वसाधारण । तातोपानीमा स्नान गर्दा ग्यास्टिक, गानोगोला, बाथ, युरिकेसिड लगायतका रोग निको हुने जनविश्वास रहेको छ । तस्बिर: डम्मर बुढा मगर/रासस पुरा पढौ

पोखरामा बिदेशी पर्यटकको चहलपहल

पोखरा, ११ कार्तिक । पर्यटकीय नगरी पोखराको लेकसाइडमा आज शनिबार साझ घुम्दै बिदेशी पर्यटकहरु। अघिल्लो बर्षको तुलनामा आन्तरिक तथा बाह्य पर्यटकहरु उल्लेख्य मात्रामा पोखरा घुम्न आएको पर्यटन व्यावसायीहरुले बताएका छन। तस्बिर : सफल आवाज पुरा पढौ

झण्डा पार्क बाट देखिएको काठमाडौं उपत्यका

काठमाडौं, ११ कात्तिक । तारकेश्वर नगरपालिका-२ स्थित देविस्थान मानेडाँडामा रहेको राष्ट्रिय झण्डा पार्कमा रहेको ६० फिटको पोलमा ३० फिटको नेपालको झण्डा । पछिल्लो समय उक्त स्थानमा काठमाडौँ उपत्यकाको दृश्यावलोक तथा झण्डा हेर्न आउने पर्यटकको संख्या बढ्दो छ । तस्बिर : हरिराम भेटुवाल / रासस पुरा पढौ

२० घर धुरी कुमाल समुदायको माछीताल गाउँ

दाङ, ११ कात्तिक । राप्ती नदीको किनारामा २० घर धुरी कुमाल समुदायको बसोबास रहेको दाङको राप्ती गाउँपालिका-१ स्थित माछीताल गाउँ । तस्बिरः कुलदीप न्यौपाने / रासस पुरा पढौ

सखिया देखाउँदै थारु महिला

कञ्चनपुर, ८ कात्तिक । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु महिला दसैंकाे अवसरमा देखाइने विशेष नृत्य सखिया देखाउँदै । यो नृत्य गाउँका सबैका घरघरमा पुगेर देखाउने गरिन्छ । तान्त्रिक विधिबाट नृत्यको प्रारम्भ र अन्त्य गरिन्छ । तस्बिर: राजेन्द्रप्रसाद पनेरु-रासस पुरा पढौ

पर्यटककाे पर्खाइमा कुशादेवीस्थित नागी डाँडाकाे “नागी टावर”

काभ्रे ८ असाेज । काभ्रे जिल्लाकाे पनाैति नगरपालिका वडा नं २ नागी डाँडामा निर्माण भइरहेकाे रमणीय "नागी टावर" यतिबेला पर्यटककाे पर्खाइमा छ । पनाैति नगरपालिका वडा नं २ का वडा अध्यक्ष पुरूषाेतम अधिकारीकाे बिशेष पहलमा वडाकै बजेटमा बनिरहेकाे याे नागी टावर तथा रिसोर्टकाे निर्माण अन्तिम चरणमा रहेकाे बताइएकाे छ । यस "नागी टावर"बाट रमणीय हिमालकाे दृश्य देख्न सकिन्छ भने पनाैती, धुलिखेल, नाला, कुशादेवी, फुलचाेकी क्षेत्रकाे दृश्याबलाेकन गर्न सकिने स्थानिय बद्री प्रसाद आचार्य बताउछन। यस नागी क्षेत्रबाट निकट भबिश्यमा प्याराग्लाइडिङकाे ब्यवसायीक… पुरा पढौ

दसैंका लागि मुस्ताङका भेडाहरु बजारतिर

बेनी, २१ असोज । मुस्ताङको बुकी क्षेत्रमा पालन गरिएका भेडाहरु दसैँलाई लक्षित गरेर बजारतर्फ ल्याइँदै । हिमाली बुकी क्षेत्रमा पालन गरिने भेडाच्याङ्ग्रा दसैँलगायतका ठुला चाडपर्वमा धेरै खपत हुनेगर्छ । तस्बिर: कमल खत्री पुरा पढौ