जिम हल

सिनेमा, जिम हल, कलेज तथा ट्युसन सेन्टरहरु माघ १५ गतेसम्म बन्द गर्ने निर्णय

काठमाडौं, २ माघ । सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा, जिम हल, कलेज तथा ट्युसन सेन्टरहरु बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्र, जिम हल, कलेज तथा ट्युसन सेन्टरलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सञ्चारमन्त्री कार्कीका अनुसार ओमिक्रोन भेरिएन्ट नियन्त्रणसम्बन्धी आदेशमा १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्ने बताए । पुरा पढौ