बजेट

नयाँ बजेटका लागि सुझाव संकलन गर्दै अर्थ मन्त्रालय, कहिले छापिन्छ रातो किताब ? [कार्यतालिकासहित]

काठमाडौं, २५ चैत । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० का लागि धमाधम बजेट बनाउँदैछ । बजेट ल्याउनुपर्ने दिन नजिकिँदै गर्दा अर्थ मन्त्रालयले कार्यतालिका नै सार्वजनिक गरेर बजेटमाथि सुझाव संकलन गरिरहेको छ । संवैधानिक व्यवस्थाअनुसार हरेक जेठ १५ गते आगामी आर्थिक वर्षका लागि प्रतिनिधि सभा बैठकमार्फत बजेट सार्वजनिक गर्नुपर्छ । मन्त्रालयले संविधानको सोही व्यवस्था बमोजिम जेठ १५ मा बजेट सार्वजनिक गर्नेगरी अहिले धमाधम बजेट निर्माण गरिरहेको छ । कार्यतालिका अनुसार आगामी जेठ ८ गते मन्त्रालयले राष्ट्रपतिसमक्ष बजेट ब्रिफ्रिङ गर्नेछ ।… पुरा पढौ