income tax

आजदेखि करको सीमा बढ्यो, विवाहितलाई ६ लाख रुपैयाँसम्मकाे आयमा कर नलाग्ने

काठमाडौं, १ साउन । सरकारले आजदेखि आयकरको सीमा बढाएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारले आयकरको सीमा बढाएको हो । नयाँ व्यवस्था आजैदेखि लागु हुनेछ। नयाँ व्यवस्थाअनुसार अविवाहित व्यक्तिको हकमा वार्षिक ५ लाख रुपैयाँसम्मको आम्दानीमा आयकर लाग्ने छैन । त्यस्तै विवाहितको हकमा ६ लाख रुपैयाँसम्म आयकर लाग्दैन । यद्यपि आफ्नो आम्दानी एक प्रतिशत सामाजिक सुरक्षा कर भने बुझाउनुपर्नेछ। यसैगरी अविवाहितको हकमा पाँचदेखि सात लाख रुपैयाँसम्मको आम्दानी १० प्रतिशत र सातदेखि दस लाख रुपैयाँसम्मको आम्दानीमा २० प्रतिशत, १० देखि… पुरा पढौ

आयमा कर छुटको सीमा परिमार्जन गर्न उद्योगी व्यवसायीको माग

काठमाडौं, १४ वैशाख । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा आयमा कर छुटको सीमा व्यक्तिको लागि ७ लाख र दम्पतिको लागि ८ लाख बनाउन उद्योग व्यवसायीले माग गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघलले आगामी आव २०७९/८० को बजेट पुर्वको छलफल कार्यक्रममा महासंघका राजस्व अनुसन्धान समितिले यस्तो माग गरेको हो । समितिका अध्यक्ष सन्दिप अग्रवालले सरकारले रेमिट्यान्स पठाउनेलाई इन्सेटिभ दिनुपर्ने र पासपोर्ट बनाउदा लाग्ने खर्च घटाउनु पर्ने समेत समितिको माग रहेको बताए । नेपालको खाद्य सुरक्षा र आयात घटाउन गहुँ,… पुरा पढौ