nepal rastra bank

तीन महिनामा मूल्यवृद्धि अझ बढ्ने: सर्वेक्षण

काठमाडौं, ९ साउन । आउँदो तीन महिनामा मूल्यवृद्धि अझै बढ्ने नेपाल राष्ट्र बैंकको सर्वेक्षणले प्रक्षेपण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा अनुसार आउँदो तीन महिनामा मूल्यवृद्धि अझ बढ्ने संकेत देखिएको हो । राष्ट्र बैंकले गत असार २० देखि असार २७ सम्म २८ शहरका ३१ बजारक्षेत्रका मानिसहरुमा गरिएको सर्वेक्षण अनुसार आाउँदो तीन महिना १४ प्रतिशतले मूल्य बढ्ने प्रक्षेपण गरिएको छ । यसैगरी सर्वेक्षणले एक वर्षपछिको अपेक्षित मुद्रास्फीति १३.५ प्रतिशत हुने… पुरा पढौ

सीडी रेसियोका कारण दवावमा बैंकहरू, यस्ताे छ केन्द्रीय बैंककाे नीति

काठमाडौं, १४ असार । बैंक तथा वित्तीय संस्थामा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)का कारण दवाव बढेको छ । सीडी रेसियो कार्यान्वयन गर्न केन्द्रीय बैंकले दिएको समय सकिन लाग्दासमेत बैंकिङ प्रणालीमा तरलता अभाव कम नभएपछि बैंकहरूलाई दवाब बढेको हो । तर, राष्ट्र बैंकले सीडी रेसियो गणनाका लागि दिएको सहुलियत असारमा सकिने भएपछि बैंकहरूलाई यसले अप्ठ्यारो पर्नेछ । असारसम्म बैंकहरूले सीडी रेसियोमा ऋणपत्र र पुनर्कर्जा रकमलाई समेत निक्षेपका रूपमा गणना गर्न पाउने सुविधा छ । यसैगरी सरकारले स्थानीय तहको खाताको ८० प्रतिशत रकमलाई… पुरा पढौ