rastra bank

मौद्रिक नीतिमा नेपाल लघुवित्त बैंकर्स संघको सुझाव : ब्याजदर बढाउन पाउनुपर्ने तथा कुलिङ हटाउने

काठमाडौं, १३ असार । नेपाल लघुवित्त बैंकर्स संघले आगामी आर्थिक वर्ष २०७९/ ८० को मौद्रिक नीतिका लागि विभिन्न सुझावहरू पेश गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूले विपन्न वर्ग कर्जा अन्तर्गत लघुवित्त वित्तीय संस्थाहरूलाई प्रवाह गरेको कर्जामा आफ्नो वेस रेटमा अत्यधिक १५ प्रतिशत बढीमा व्याज लिएको अवस्थामा समस्या आएको बताएको छ । लघुवित्त वित्तीय संस्थाहरूमा आधारदर तोकी ४ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्नसक्ने नीतिगत व्यवस्था गर्न पर्ने सुझाव संघले दिएको छ । संघले बैंक तथा वित्तीय संस्थाहरुले विपन्न वर्ग… पुरा पढौ

नियम विपरित कर्जाको ब्याजदर नबढाउन बैंकका सीईओहरूलाई राष्ट्र बैंकले दियाे निर्देशन

काठमाडौं, १ असार । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)लाई बोलाएर नियम विपरित कर्जाको ब्याजदर नबढाउन राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना तिमिल्सिना तथा बमबहादुर मिश्र सहित नियमन विभागका प्रमुख गुणाकर भट्ट, सुपरिवेक्षण विभागका प्रमुख देवकुमार ढकाल, विदेशी बिनिमय विभागका प्रमुख गुरु पौडेल सहित उच्च अधिकारीले २७ वटा वाणिज्य बैंकका सीईओलाई बोलाएर कम्प्लाइन्स कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । राष्ट्र बैंकले बैंकका सीईओलाई असार मसान्तसम्म सिडी रेसियोको सीमा ९० प्रतिशतमा झार्न र… पुरा पढौ

बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या यथावत, कस्तो छ मुलुकको आर्थिक अवस्था ?

काठमाडौं, २९ जेठ । बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या कायमै रहेको देखिएको छ । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासदेखि बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या आर्थिक वर्षको अन्त्यसम्ममा पनि यथावत नै देखिएको हो। नेपाल बैंकर संघका कार्यकारी अधिकृत अनिल शर्माले तरलताको समस्या आगामी आर्थिक वर्षमा पनि समाधान हुन नसक्ने बताए । पछिल्लो समय बैकिङ क्षेत्रमा देखिएको तरलताको समस्या चर्चामा नआए पनि सुधार भइनसकेको उनको भनाइ छ। 'अहिले तरलता अभावको कुरा उठेको छैन, तर समस्या यथावत छ,' उनले… पुरा पढौ

आगामी मौद्रिक नीतिको तयारीका लागी सुझाव माग्दै राष्ट्र बैंक

काठमाडौं, १८ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेसँगै नेपाल राष्ट बैंकले मौद्रिक नीतिको तयारी शुरू गरेको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै मौद्रिक नीतिको तयारी शुरू भएको जनाएको हो । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सूचना जारी गर्दै मौद्रिक नीतिका लागि राय तथा सुझाव संकलन शुरू गरिएको जनाएको छ । मौद्रिक नीति ढिलोमा साउनको पहिलो सातासम्ममा ल्याइने गरी तयारी भएको मौद्रिक नीति निर्माणको जिम्मेवारी पाएकाे राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश… पुरा पढौ

फलफूल, जडिबुटी प्रशोधन गर्ने परियोजनालाई आधार दरमा २% प्रिमियम थपेर कर्जा दिनुः राष्ट्र बैंक

काठमाडौँ, १३ जेठ । नेपाल राष्ट्र बैंकले फलफूल एवम् जडिबुटी उत्पादनका प्रवाह गर्ने कर्जामा आधारदरमा दुई प्रतिशत मात्रै प्रिमियम लाग्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । ‘फलफूल तथा लागि र/वा पूर्णतयाः स्वदेशमा उत्पादित फलफूल एवम् जडिबुटी प्रशोधन गर्ने परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाले आधार दरमा अधिकतम २ प्रतिशत विन्दुसम्म मात्र प्रिमियम थप गरी आवधिक कर्जा प्रवाह गर्नु पर्नेछ, यस्तो ब्याजदर जग्गा खरिद गर्न प्रवाह हुने/भएका कर्जामा लागु हुने छैन,’… पुरा पढौ

राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

काठमाडौँ, १२ जेठ । सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालकमा राष्ट्र बैंककै पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्व कार्यकारी निर्देशक डा. शंकर आचार्यलाई नियुक्त गरेको छ । सरकारले मंगलवारको मन्त्रिपरिषद् बैठकबाट सञ्चालकमा नियुक्त गरेको सूचना पाएको शिवाकोटीले जानकारी दिए । स्थानीय तह निर्वाचनअघि नै नाम सिफारिश गरिए पनि निर्वाचनका कारण सरकारले राष्ट्र बैंक सञ्चालकको नियुक्ति चुनावपछि मात्रै गरेको हो । आचार्य र शिवाकोटीलाई सरकारले आगामी ५ वर्षको लागि राष्ट्र बैंकको सञ्चालक समितिमा नियुक्त गरेको हो । यसअघि पाँच वर्षे कार्यकाल… पुरा पढौ

विदेशिएका नेपालीका लागि सरकारले उच्च ब्याज दिने ऋणपत्र ल्याउँदै, कहिलेबाट हुन्छ बिक्री खुला ?

काठमाडौं, २७ वैशाख । वैदेशिक रोजगारीसँग जोडिएका नेपालीहरूका लागि सरकारले चलनचल्तीको भन्दा उच्च ब्याज दिने गरी ऋणपत्र जारी गर्ने भएको छ। सरकारले वार्षिक साढे १२ प्रतिशत ब्याज दिने गरी 'वैदेशिक रोजगार बचतपत्र २०८४' नामको ऋणपत्र जारी गर्न लागेको हो। यो ऋणपत्रमा तोकिएको ब्याज अहिले नेपाली वित्तीय बजारमा प्रचलित ब्याजदर (मुद्दती निक्षेपमा अधिकतम ११.०३%) भन्दा बढी हो। वैदेशिक रोजगारीमा गएकाले भने बैंकमा निक्षेप राख्दा यसमा थप एक प्रतिशत गरी कुल १२.०३% सम्म ब्याज पाउने व्यवस्था गरिएको छ। ऋणपत्र पाँच वर्षपछि परिपक्व… पुरा पढौ