
माउण्ट अन्नपूर्ण माविले कक्षा ११ र १२ का विद्यार्थीबीा खुल्ला अन्तर सेक्सन अंग्रेजी निबन्ध लेखन प्रतियोगिता गरेको छ ।
प्रतियोगितामा प्रथम कक्षा ११ होटल व्यवस्थापन संकायमा अध्ययनरत छात्र संगित रोक्का, द्वितीय कक्षा १२ होटल व्यवस्थापन संकायमा अध्ययनरत छात्रा मिनाक्षी तिलिजा र तृतीय तथा सान्त्वना स्थान कक्षा ११ ब्यवस्थापन संकायमा अध्ययनरत छात्राहरु क्रमशः ममता के.सी.र प्राप्तिराज्य लक्ष्मी राणा बने ।
१२ वटै सेक्सनबाट ९३ जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रमबारे विद्यालयका प्राचार्य प्रदीपकुमार लम्साल र ऐकेडेमिक डाईरेक्टर अशोककुमार शाहीले प्रकाश पारेका थिए । उनीहरले यस्ता कार्यक्रमले बिद्यार्थीको नेतृत्व विकास तथा अन्तरनिहीत प्रतिभा प्रस्फुटन सहयोग गर्ने उल्लेख गरे ।
३ वटा शीर्षकमा घरमै बसेर अनलाइनबाट प्रतिश्पर्धा गरेका थिए । विद्यालयका +२ संयोजक कृष्ण लम्सालको संयोजकत्वमा भएको प्रतियोगिताको प्राविधिक जिम्मेवारी विद्यालयका प्रशासक प्रदीप पोखरेलले सम्हालेका थिए ।
विद्यालयले शिक्षा क्षेत्रमा कोभिड—१९ ले पारेको परिस्थितिलाई मध्यनजर गर्दै यस अघि पनि यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको ऐकेडेमिक डाईरेक्टर शाहीले जानकारी दिए । यस्तै परिस्थिति थपिँदै गएमा नयाँ शैक्षिक सत्र सञ्चालनका लागि विद्यालयले अनलाईन कक्षा चलाउन आवश्यक तयारी तथा पूर्वाधार व्यवस्थापन गरिसकेको प्राचार्य प्रदीपकुमार लम्सालले बताए ।