सफल प्रोफाइल

बस्नेतको ब्यवसायिक उडान

नेपालको व्यवसायीक जगतमा स्थापित नाम हो वीरेन्द्र बहादुर बस्नेत । सपना देख्नेले नै सफलता हासिल गर्न सक्छन। यस्तै एक पात्र जसले महत्वाकांक्षी सपना देखेर अहिले सफल भएका छन् । पेशामा निरन्तरता, इमान्दारिता र लगनशिलता । यी तीन सूत्र जीवनमा लागु गर्दै सफल भएका व्यक्ति हुन् नेपालको अग्रणी डोमेस्टिक एयरलाइन्स बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेत । सफल आवाजको स्तम्भ सफल प्रोफाइलमा हामीले प्रबन्ध निर्देशक बस्नेतको व्यवसायीक यात्रालाई प्रस्तुत गरेका छौं । सन १९९७ अक्टोबरमा बुद्ध एयर स्थापना गरेको बस्नेत… पुरा पढौ

जागिरेबाट उद्योगी बनेका उमेशलाल

काठमाडौं । उमेशलाल श्रेष्ठ, निजी क्षेत्रको चर्चित नाम । उद्योग व्यवसायमा रमाइरहेका उनको पारिवारिक पृष्ठभूमी भने राजनीति हो । कम्युनिष्ट आन्दोलन भन्ने वित्तिकै पुष्पलाल र सहानाको नाम जोडिहाल्छ । हो, उनै पुष्पलाल श्रेष्ठ र सहाना प्रधानका छोरा भने अहिले उद्योग व्यवसाय संचालनमा ब्यस्त छन् । नेपालका चर्चित उद्योगी, व्यवसायी मध्येका एक उमेशलाल अहिले क्वेष्ट फर्मास्युटकल्स नामक औषधी उत्पादन गर्ने उद्योग लगायतका व्यवसायहरू सञ्चालन गरिरहेका छन् । बिभिन्न देशका राजनितिज्ञहरुको इतिहास हेर्दा प्राय नेताका छोरा नेता बन्न र राजनीतिमै होमिन खोज्छन ।… पुरा पढौ

शेयर बजारमा चम्किएका अम्बिका

काठमाडौं । अम्बिका पौडेल, नेपाली पुँजी बजारको एउटा परिचित नाम हो । सेयर लगानीकर्ताहरुको संस्था इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष पौडेल निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य र पुँजीबजार फोरमका सभापति समेत हुन् । हो, उनैले हालै एउटा इतिहास रचेका छन् । केही दिन अघि उनी नेपाल टेलिकमको सञ्चालक समितिमा सर्वसम्मत चयन भए । उनी पहिलो व्यक्ति हुन्, जो सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्दै टेलिकमको सञ्चालक सदस्य बने । सर्वसाधारण शेयरधनीतर्फबाट टेलिकमको सञ्चालक समिति सदस्यमा उनलाई… पुरा पढौ

उद्यम र राजनीति सँगसँगै

काठमाडौं । गत साल मंसिर पहिलो साता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो क्याविनेट (मन्त्रिपरिषद्) पुनर्गठन गरे। मन्त्रीको रुपमा काम गरिरहेका केहिको जिम्मेवारी खोसियो । प्रधानमन्त्री ओलीको क्याविनेटमा २०७६ मंसिर पहिलो साता ६ नयाँ अनुहार थपिएका थिए । शितल निवासले सार्वजनिक गरेको नयाँ मन्त्री थपिनेहरुको सूचीमा एउटा नयाँ नाम थियो, मोतिलाल दुगड । त्यसबेला प्रधानमन्त्री ओलीले आफ्नो क्याविनेटमा मारवाडी समुदायको प्रतिनिधित्वमात्रै गराएका थिएनन्, बिशेष याेजना सहित निजी क्षेत्रको समेत प्रतिनिधित्व गराएका… पुरा पढौ

पालिखेका अनेक आयाम

पोखराका प्रतिष्ठित व्यवसायी तथा शिक्षासेवी अशोक पालिखे पोखरेलीका लागि सुपरिचित नाम हो । उनी पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटन सहरको रुपमा विकास गर्नुपर्ने अवधारणाका प्रवर्तक समेत हुन् । पोखराकै सबैभन्दा पुरानो संस्था पोखरा उद्योग वाणिज्य संघको दुई कार्यकालसम्म नेतृत्व हाँकेका उनले जहाँ पाइला टेके, त्यहीँ सफल र नमुना बनेका छन । उनको नेतृत्व क्षमताको सबैले प्रशंसा गरिरहेका हुन्छन । पोखरा विश्वविद्यालय स्थापनामा उनको अतुलनीय योगदान छ । पोखरा पर्यटन परिषद्को स्थापना पनि उनकै पहलमा भएको हो । नेपालकै पहिलो नेपाल… पुरा पढौ

बन्द उद्योगबाट खुलेकाे गोल्यानकाे व्यावसायिक यात्रा

नेपाल एक कृषिप्रधान देश । खेतीयोग्य जमिन पनि पर्याप्त छ। तर कृषिप्रधान मुलुक भएर पनि कृषिजन्य उत्पादनहरु आयात गरेरै खानुपर्ने बाध्यता । सरकारीस्तरबाट बेलाबखत कृषि प्रवर्धन गर्नुपर्ने विषय उठान भइरहन्छ । व्यावसायिक कृषिको नाममा धेरै योजना बनेका पनि छन् । तर कृषि व्यवसायीकरण हुन सकिरहेको छैन । मुलुकको चर्चित व्यावसायिक घराना गोल्यान ग्रुपले भने नेपालमै नमूना काम गरेको छ । जुन कृषिमा लाग्न चाहनेहरुका लागि प्रेरणाको श्रोत बनेको छ । गोल्यान ग्रुप स्वदेशमा उत्पादित बस्तु विदेश निर्यात गर्ने एक चर्चित… पुरा पढौ

शिक्षा र सामाजिक क्षेत्रका उदाहरणीय व्यक्तित्व

‘नचिताएको परिस्थिति कुनै पनि बेला आउन सक्छ, जुन स्वीकार्नुको विकल्प हुदैन । वश एउटा साहस र संकल्पले मनको डरलाई कवच लगाउन सकियो भने ठिक आफ्नै अगाडि उपायको ढोका खुल्छ ।’ शिक्षा क्षेत्रका स्थापित ब्यक्तित्व डीके ढुङ्गानाले बुधबार बिहानै सामाजिक सञ्जालमा यो सन्देश पोष्ट गरे । कोरोना संक्रमण फैलिन नदिन अहिले पनि काठमाडौंमा निषेधाज्ञा जारी छ । लकडाउनकै बीचमा ढुङ्गानाले एउटा नयाँ सोच बनाए - ‘सोच रुपान्तरण अभियान’ शुभारम्भ गर्ने । ढुङ्गानाले यो अभियानलाई लकडाउनकै बीचमा सुचारु गर्ने स्वघोषणा गरेका थिए… पुरा पढौ

जो सरकारी जागिर छाडेर बैंकिङ क्षेत्रमा चम्किए

किशोरावस्था लागेसँगै सबैलाई भविष्यको चिन्ता हुन्छ । व्यवसायिक घरानाहरुका छोराछोरीहरुमा सानैदेखि मस्तिष्कमा ‘व्यवसाय’ पसेको हुन्छ । उमेर पुगेसँगै व्यवसायिक घरानाका सन्तानहरु पुर्खौली व्यवसायको जिम्मेवारी लिन्छन् । अन्य अधिकांश सामान्य नागरिकलाई कहाँ जागिर खाने, कुन क्षेत्रमा खाने भन्ने चिन्ताले पिरोल्छ । यो हाम्रो समाजको मध्यम परिवारको वास्तविकता हो। सरकारी जागिर धेरैको रोजाइमा पर्दछ । सामाजिक सुरक्षा तथा अवकाशपछि उपलब्ध सेवासुविधाका कारण सरकारी जागिरमा अझै पनि आकर्षण छ । यसकारण नै हो, लोक सेवाले १ हजार कर्मचारी मागेको ठाउँमा १० गुणा बढीसम्म… पुरा पढौ

बैंकको सहायक कर्मचारीदेखि सफल उद्योगीसम्म

भनिन्छ, सपना देख्नेले मात्रै समाजमा ठूलो मानप्रतिष्ठा र पैसा कमाउन सक्छन । तर केही पात्रहरु यस्ता पनि छन्, जसले धेरै महत्वाकांक्षी सपना नदेखी सफल भएका छन् । मिहिनेतमा कमी नगर्नेहरु नै सफल भएका छन् । निरन्तरता, इमान्दारिता र लगनशीलता । यी तीन शब्दलाई सफलताको सूत्र भनिन्छ । यिनै तीन सूत्र जीवनमा लागू गरेर सफल भएका व्यक्ति हुन् अहिलेका स्थापित उद्योगी चन्द्र ढकाल । बागलुङ जिल्लाको सामान्य परिवारमा जन्मिएर सुरुवाती समयमा निकै कष्टपूर्ण जीवन गुजारेका चन्द्र ढकाल अहिले देशकै चर्चित व्यावसायिक… पुरा पढौ