आर्थिक 📈

एनआईसी एशिया बैंक र वर्ल्डरेमिटबीच साझेदारी- मलेसियाबाट रकम पठाउन सकिने

काठमाडौं, ३ माघ । एनआईसी एशिया बैंक र वर्ल्डरेमिटबीच ५० बढी देशहरुबाट नेपालमा रहेका बैंक तथा कुनै पनि स्थानमा रकम पठाउन सकिनेबारे साझेदारी भइरहेको छ । बैंकका अनुसार मलेसियाबाट वर्ल्डरेमिटमार्फत नेपालको कुनै पनि स्थानमा रहेको बैंक खातामा रकम पठाउन सकिने भएको छ । यसका बारेमा पनि साझेदारी कायम भएको छ । यसका साथै अमेरिका, बेलायत, अष्ट्रेलिया, पोल्याण्ड, क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, न्युजिल्याण्ड, नर्वे, सिंगापुरलगायत ५० बढी देशकाे आफु बसेकै स्थानबाट रकम पठाउन सकिने भएको हाे । यस नयाँ साझेदारी… पुरा पढौ

मृतकका परिवारलाई आर्थिक सहयोग

वालिङ, ३ माघ । स्याङ्जाको वालिङ नगरपालिकाले कोभिड–१९ का कारण ज्यान गुमाएकाको परिवारलाई रु २५ हजार उपलब्ध गराएको छ ।नगरपालिकाले विशेष गरी मानवीय क्षतिप्रति राहत र काजकिरिया खर्चबापत केही रकम उपलब्ध गराउँदै आएको जनाएको छ । नगर प्रमुख दिलीपप्रताप खाँणले भने, “कोभिड–१९ को महामारीका समयमा परिवारको सदस्य गुमाएर पीडामा परेका बेला अभिभावकका रुपमा रहेको नगरपालिकाको तर्फबाट तत्कालका लागि राहत र काजकिरियाका लागि रकम उपलब्ध गराउँछौँ ।” नगरपालिकाले बनाएको विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ लाई आधार मानेर कार्यपालिका बैठकबाट निर्णय… पुरा पढौ

माछापुच्छ्रे क्यापिटलको कायमुकायम सीईओमा शर्मा नियुक्त

काठमाडौं, २ माघ । माछापुच्छ्रे क्यापिटल लिमिटेडको कायमुकायम सीईओमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद शर्मा नियुक्त भएका छन् । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपेशकुमार बैद्यको राजिनामा स्वीकृत गरी कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद शर्मालाई शनिबारबाटै लागू हुनेगरि कायमुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरिएको हो । अर्को व्यवस्था नभए सम्मका लागि कायममुकायम प्रमुख कार्यकारी अधिकृतको पदमा शर्मालाई नियुक्ति गरिएको कम्पनीले जनाएको छ । शर्माले माछापुच्छ्रे क्यापिटलको स्थापना तथा कृति क्यापिटल एण्ड ईन्भष्टमेन्टस्… पुरा पढौ

२९२६ अंक पुग्यो नेप्से, साढे ९ अर्बको सेयर किनबेच

काठमाडौं, २ माघ । साताको पहिलो दिन सेयर बजारमा हरियाली देखिएको छ । लामो समयदेखि घट्दै आएको सेयर बजार आइतबार भने उकालो लागेर नेप्से बिन्दु पनि २९ सयभन्दा माथि पुगेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ६९ अंकले बढेर दुई हजार ९२६.७४ अंकमा प्रवेश गरेको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज ११.८१ अंकले बढेर ५४२.८३ बिन्दुमा प्रवेश गरेको हो । आज २२९ कम्पनीको एक करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर… पुरा पढौ

धाइरिङमा अजोड इन्स्योरेन्सको ‘घुम्ती बिमा सेवा’

काठमाडौं, २ माघ । अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा दुई दिने घुम्ती बिमा सेवा कार्यक्रम सम्पन्न भएको छ । गएको पुस २८ र २९ गते पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नं. ७ धाइरिङमा सम्पन्न भएको हो । जलजला गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष टुंगनाथ आचार्यको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका प्रमुख बिक्रम ढुंगानाले गरेका थिए । कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दीपक पोखरेलले कृषि बिमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट… पुरा पढौ

आईतबार सेयर बजार सकारात्मक लयमा

काठमाडौं, २ माघ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार आज प्रि ओपन सेसनमा नेप्से परिसूचक १५.६६ अंकले बढ्यो । बिहिबार ५४.१२ अंकले बढेर २९५७.७५ विन्दुमा पुगेर रोकिएको थियो । आजको सेसनमा १५.६६ अंकले बढेर २८७३.४२ विन्दुमा उक्लियाे । सेन्सेटिभ इण्डेक्स १.७७ अंकले बढ्यो । आजको प्रि ओपन सेसनमा १८ कम्पनीको ५६ लाख २५ हजार ८२२ रुपैयाँ बराबरको ११ हजार २०२ कित्ता सेयरको कारोबार भयाे । सबै कम्पनीको सेयर बढेको देिखयाे । यसैबीच यो समाचार तयार पार्दासम्म ११.५० बजे… पुरा पढौ

आइएमएफद्वारा नेपाललाई ४६ अर्ब ७० करोड ऋण सहयोग

काठमाडौं, २ माघ । नेपाललाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले करिब ४७ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार आइएमएफले नेपाललाई २८२.४२ मिलियन एसडीआर (३९५.९ मिलियन अमेरिकी डलर) अर्थात् नेपाली रुपैयाँ ४६ अर्ब ७० करोड ऋण शून्य ब्याज दरमा स्वीकृत गरेको हो । यो ऋण सहायतामध्ये १३ अर्ब रुपैयाँ पहिलो किस्ता वापत एक हप्ताभित्रै प्राप्त हुनेछ । बाँकी रकम किस्ता किस्तामा नेपाल आउने अर्थ मन्त्रालयले जनाएको छ । उक्त सहायताले कोभिड–१९ का कारण जनस्वास्थ्य र… पुरा पढौ

आज कति पुग्यो विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं, २ माघ । नेपाल राष्ट्र बैकले आज विदेशी मुद्राको नयाँ विनिमयदर कायम गरेको छ । नयाँ दरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११८.३५ रुपैयाँ कायम भएको छ भने विक्रीदर ११८.९५ रुपैयाँ कायम भएको छ । आज युरोपियन युरोको एकको खरिददर १३५.६१ र विक्रीदर १३६.३० रुपैयाँ कायम भएको छ भने यूके पाउण्डको एकको खरिददर १६२.४९ र १६३.३१ रुपैयाँ विक्रीदर कायम भएको छ । त्यस्तै आज अष्ट्रेलियन डलरको एकको खरिददर ८६.०६ रुपैयाँ कायम भएको छ भने विक्रीदर ८६.४९ कायम भएको छ… पुरा पढौ

घट्यो सुन र चाँदीको भाउ, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं, २ माघ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाला सुन तोलामा ३०० तथा चाँदीमा रुपैयाँ १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनमा रुपैयाँ ३०० ले घटेर प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९२… पुरा पढौ

गरिबसँग ऋृषिराम कार्यक्रमका लागि रु एक करोडको अक्षय कोष स्थापना

गलकोट, २ माघ । बागलुङ नगरपालिकाले आफ्ना संस्थापक नगर प्रमुखका स्मृतिमा गरिबसँग ऋृषिराम कार्यक्रम सञ्चालन र स्मृतिद्वार निर्माण गरेको छ । बागलुङ नगरको पहिलो जननिर्वाचित नगरप्रमुख ऋषिराम शर्मा थिए । उनको अर्धकदको शालिक तथा स्मृतिद्वार निर्माण गरेको नगरप्रमुख प्रमुख जनकराज पौडेलले जानकारी दिए। नगरपालिकाले नगरका असहाय र विपन्नलाई सहयोग गर्नै उद्देश्यले ‘गरिबसँग ऋषिराम कार्यक्रम’ अन्तर्गत करिब रु एक करोडको अक्षय कोष स्थापना गरेको छ । आर्थिक वर्ष २०७५÷७६ को रु पाँच लाख र आर्थिक वर्ष २०७६÷७७ मा विनियोजित रु छ… पुरा पढौ