काठमाडौं, १४ फागुन । राष्ट्रगानका सङ्गीतकार एवम् सङ्गीतज्ञ स्व अम्बर गुरुङको ८३औं जन्मजयन्ती विशेष साङ्गीतिक प्रस्तुतिसहित मनाइएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति गुरुङको जन्मजयन्तिका अवसरमा प्रतिष्ठानले आज आफ्नै कार्यालय परिसर बालुवाटारमा आयोजना गरेको कार्यक्रममा कलाकार सञ्जय तुम्रुक, दुर्गा परियार, रुपक चौधरीले गुरुङको सङ्गीतमा रहेको रातो र चन्द्र सूर्य बोलको गीत प्रस्तुत गरे । त्यसैगरी प्राज्ञ भरत नेपाली, धनबहादुर गुरुङ लोकराज राईको वाद्यवादनमा नौलखातारा आकाशमा, हे कान्छा...लगायतका गुरुङद्वारा सिर्जित धून प्रस्तुत भएको थियो । प्रज्ञा प्रतिष्ठानका कुलपति…
पुरा पढौ