खेलकुद

ईप्सन ओलम्पिक-२०७९ सम्पन्न

भक्तपुर, २० माघ । ईप्सन भक्तपुरले माघ १६ देखि १८ गतेसम्म आफ्ना सदस्य विद्यालयहरु बीच इप्सन ओलम्पिक सम्पन्न गरेको छ । विभिन्न ७ वटा विधामा प्रतिस्पर्धा भएको उक्त ईप्सन ओलम्पिकमा ग्लोबल स्कुल प्रथम, मदरल्याण्ड स्कुल द्धितीय, सूर्योदय स्कुल र ईडेन गार्डेन स्कुलले तृतीय स्थान हासिल गर्न सफल भएका थिए । ईप्सन भक्तपुर अन्तर्गतका ११ वटा विद्यालयहरु मध्ये १० वटा विद्यालयले सहभागिता जनाएको सो ओलम्पिकमा माध्यमिक तह छात्रा तर्फको पोर्टबलमा मदरल्याण्ड स्कुलले गोल्ड, ग्लोबल एकेडेमीले सिल्भर, क्वालिटी स्कुल र सूर्योदय स्कुलले… पुरा पढौ

सन्दीपविरुद्धको निवेदनको सुनुवाइ आज

काठमाडौं, २० माघ । बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनुवाइ आज हुने भएको छ । लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदरको माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको थियो । सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै दिइएको निवेदनको पेशी आज तोकिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए। नेपाल क्रिकेट सङ्घले सन्दीपलाई आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीचको एक दिवसीय सिरिजका लागि बन्द प्रशिक्षणमा समावेश गरिसकेको… पुरा पढौ

क्रिकेटर सन्दिप राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा

काठमाडौं, १९ माघ । क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सहभागी भएका छन्। आज उननी अभ्यास खेलका लागि सहभागि भएका हुन्। नाबालिका बलात्कारकाे आरोप लागेका सन्दीपकाे निलम्बन फुकुवा भएपछि क्यानले उनलाई बन्द प्रशिक्षणमा बोलाएको बताइएकाे छ । उच्च अदालत पाटनले उनलाई रुपैयाँ २० लाख धरौटीमा रिहा गरेपछि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीपकाे बारेमा क्यानको बैठकले उनीमाथि लगाइएकाे निलम्बन फुकुवा गरेको थियो। उताल उनले खेल खेल्न पाउने नपाउने बारेमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपालको कानुनले मान्यता दिए सन्दीपलाई खेलमा सहभागि… पुरा पढौ

पूर्वकप्तान पारसद्वारा क्रिकसल प्रशिक्षण केन्द्रको उद्घाटन

काठमाडौं, १९ माघ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलले निर्माण गरेको क्रिकेटको बन्द प्रशिक्षण गर्ने मैदान (क्रिकसल)को उद्घाटन गरेका छन् । सो अवसरमा उनले क्रिकेट खेलको विकासका लागि आफ्नो संस्था क्रिकेट एक्सिलेन्स सेन्टर र एक्सेल्सियर स्कुलबीच सहकार्य गर्ने घोषणा गरे। पूर्वकप्तान खड्कासहितका व्यक्तिले क्रिकेट खेलको विकासका लागि केही वर्षदेखि महाराजगञ्जमा क्रिकेट एक्सिलेन्स सेन्टर सञ्चालन गरिरहेका छन् । उदघाटनका अवसरमा खड्काले भने, “हरेक क्षेत्रमा मेहनत आवश्यक पर्छ तर सफलताका लागि इमान्दारी र लगनशीलता पनि आवश्यक पर्छ ।… पुरा पढौ

राष्ट्रिय महिला भलिबल प्रतियोगिता : माघ २१ देखि २४ गतेसम्म

काठमाडौं, १८ माघ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना हुने छैटौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता यसै सातादेखि सुरु हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने उक्त प्रतियोगिता यही माघ २१ देखि २४ गतेसम्म हुने आयोजक प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता रहेको छ । यसमा साबिक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लब, न्यू डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ र एभरेष्ट… पुरा पढौ

क्यानद्वारा क्रिकेट खेलाडीको नयाँ ग्रेडिङ सार्वजनिक

१८ माघ, पोखरा । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका सदस्यहरुको नयाँ ग्रेडिङ सार्वजनिक गरेको छ । हालै पोखरामा सम्पन्न कार्यसमितिको बैठकले जनवरी २०२४ देखि जुन २०२३ सम्मका लागि १८ जना पुरुष र १२ जना महिला खेलाडीलाई करारमा राख्ने निर्णय गरेको छ । नयाँ वर्गीकरण अनुसार रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी र आशिफ शेख ग्रेड एमा परेका छन् । यसैगरी आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल ग्रेड बीमा परेका छन् । कमल सिंह ऐरी, विनोद… पुरा पढौ

सातौं पोखरा स्पोर्ट्स अवार्ड बैशाख २२ गते हुने, मञ्चले ‘त्रिभुवन पौडेल पत्रकारिता अक्षयकोष’मा सहयोग गर्ने

पोखरा, १७ माघ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ आगामी बैशाख २२ गते शुक्रबार हुने भएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीको मंगलबार पोखरा रंगशालामा बसेको उन्नाइसौ बैठकबाट अवार्ड कार्यक्रम आगामी बैशाख २२ गते गर्ने निर्णय गरि तयारी सूरु गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । सोही बैठकबाट नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार स्व. त्रिभुवन पौडेलको स्मृतिमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले स्थापना गर्न लागेको अक्षयकोषमा पन्ध्र हजार रुपैयाँ… पुरा पढौ

टाइगर कप भलिबल: पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफलाई उपाधि

पोखरा, १५ माघ । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को पुरुषतर्फको उपाधि घरेलु टोली गण्डकी प्रदेशले जितेको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा सम्पन्न रोमाञ्चपूर्ण फाइनलमा विभागीय टोली शसस्त्र प्रहरीको एपिएफ क्लवलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जितेको हो । घरेलु दर्शकको साथ पाएको गण्डकीले पहिलो सेट २५–१६ ले एपिएफलाई सुम्पिए पनि पछिल्ला दोश्रो र तेश्रो सेट क्रमशः २५–१८ र २५–१९ ले जित्यो ।… पुरा पढौ

टाइगरकप भलिबल : घरेलु टोली गण्डकी र एपिएफ उपाधिका लागि भिड्ने

पोखरा, १३ माघ । पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ उपाधिका लागि घरेलु टोली गण्डकी प्रदेश र शसस्त्र प्रहरीको एपिएफ क्लव उपाधिका लागि भिड्ने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना पोखरा रंगशालामा भइरहेको ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ मा दुबै टिमले फाइनलमा स्थान सुरक्षित गरेका हुन् । शुक्रबार सम्पन्न सेमीफाइनलमा भारतिय खेलाडी सम्मिलित गण्डकीले विभागिय टोली नेपाल आर्मीको चुनौतीलाई पन्छ्याउँदै फाइनलमा पुगेको छ । गण्डकीले… पुरा पढौ

यू–२२ एसियन बक्सिङ च्याम्पियनसिपमा सुष्मालाई रजत

११ माघ, काठमाडौं । यू–२२ एसियन बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सुष्मा तामाङले रजत पदक जितेकी छिन् । उनले थाइल्याण्डको बैंककमा रहेको ह्वामार्क इन्डोर स्टेडियममा भएको प्रतियोगिताको ४८ केजी तौलसमूहको फाइनलमा आज उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित हुँदै रजत पदक जितेकी हुन् । उनको यो पदक नेपाल बक्सिङका लागि अहिलेसम्मकै ठूलो उपलब्धि हो । एसियन बक्सिङ कन्फेडेरेसनको मान्यताप्राप्त प्रतियोगितामा नेपालले रजत जितेको यो पहिलोपल्ट हो । यसअघि उनले क्वाटरफाइनलमा भियातनामकी फाम थी किनहान र सेमिफाइनलमा मंगोलियाकी बाइसेनबाई जनरगुलीलाई पराजित गरी ऐतिहासिक रुपमा… पुरा पढौ