नवलपरासी, ९ माघ । बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेका छ । नगरपालिकाभित्रका आधारभूत तहका विद्यालयमा ‘हाम्रो बर्दघाट’ पाठ्यक्रम कार्यान्वयनमा ल्याएको हो । नगरको पहिचानलाई विद्यालय तहदेखि नै जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गरिएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए। सात पालिका रहेको सो जिल्लामा स्थानीय पाठ्यक्रम लागू गर्ने बर्दघाट पहिलो पालिका बनेको जनाइएको छ । ‘हाम्रो बर्दघाट’ नाम दिइएको स्थानीय पाठ्यक्रमको पाठ्यपुस्तकमा स्थानीयस्तरमा रहेका पर्यटकीयस्थल, कला, संस्कृति, प्राकृतिक सम्पदा, भाषा, रहनसहन, अन्न उत्पादन, जडीबुटीलगायत बर्दघाटको समग्र…
पुरा पढौ