विचार / वार्ता

जोखिम नलिनु नै सबैभन्दा ठूलो जोखिम

जोखिम बिना कुनैपनि ठूलो परिणाम प्राप्त गर्न सकिंदैन । मानिसको जिवन नै जोखिम मोल्नको लागि हाे भन्दा फरक नपर्ला । जन्मने बित्तिकै उसले बिभिन्न पल, बिभिन्न चरणहरुमा जोखिम लिनुपर्छ । मानिसले आफूले चाहेको लक्ष्य प्राप्ति गर्नको लागि जोखिम नलिईकन सम्भव हुदैन । भनिन्छ, मानिसले जिवनमा जोखिम नलिनु नै सबैभन्दा ठूलो जोखिम हो किनभने जोखिम लिन नचाहने मानिसले धेरै सुन्दर मौकाहरू गुमाउछ । जसको कारणले गर्दा उ सफलता प्राप्त गर्नबाट बिमुख हुन्छ जसले गर्दा जोखिम नलिनु नै उसको लागि ठुलो जोखिम… पुरा पढौ

नेतृत्वको सामु लम्पसार र जीहजुरी कहिल्यै गरिएन : पाेखरेल

सरकारी कर्मचारीहरु मध्येमा एक पृथक कार्यशैली, व्यवहार, आचरण र सधैं पारदर्शिताको वकालत गर्दै आएका उनी एक कर्मचारी हुन् । सत्यमा टिक्ने र असत्यलाई दुत्कार्ने साहस सार्वजनिक सेवा र पदाधिकारीको विशेषता हुनुपर्दछ । यसै मान्यता सहित सार्वजनिक सेवामा फरक पहिचान बनाएका ५७ वर्षीय तथा निकट भविष्यमा सरकारी जागीरबाट निवृत्त हुने तरखरमा रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ईश्वरीप्रसाद पोखरेल एक उदाहरण हुन् । उनीसंग विगतमा सफल आवाजले दुईचार वटा श्रृंखलाका संवाद गरिसकेको सर्वविदितै छ । जागिरबाट निवृत्त हुने क्रममा रहेका… पुरा पढौ

अँझैं कायमै छ संसदबाट अनुमोदित एमसीसीबारे आशंका ?

काठमाडौं, २९ जेठ । आम जनताको ब्यापक बिरोध र प्रतिरोधका बाबजुद पनि मिलिनियम च्यालेन्ज कर्पोरेसन अर्थात एमसीसी सम्झौता केही महिना अघि ब्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गरियो । अफसोच नै मान्नुपर्छ, नेपाललाई अमेरीकी हिन्द प्रशान्त रणनितिको मोहरा बन्नबाट नेपालका हामी देशभक्तहरुले रोक्न सकेनौँ । संसदको अंक गणितिय खेल, नेकपा एमालेको मौनता जस्ता कारणले हामी भुराजनीतिको सवालमा छिमेकीहरुका माँझ पक्षघातले थलिएको एउटा कठपुतली र सुदुर देशको आहारामा निर्भर हुनुपर्ने पन्छी बन्ने अवस्था सिर्जना भएको छ । उक्त सम्झौतामा श्रृङखलाबद्द रुपमा धेरै नै… पुरा पढौ

बजेट सकारात्मक रहेकाेले अब सष्टेनेवल म्यानेजमेन्टकाे मात्र खाँचाे छ: पौड्याल

काठमाडाैं, १७ जेठ। नबिल बैंक लिमिटेडका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले सरकारले हालै ल्याएको बजेट सबै सरोकारवालाहरुसँग सरसल्लाह गरेर, सबैको मागलाई सम्वोधन हुनेगरी सुझबुझपुर्ण तवरले ल्याएकाेले सकारात्मक रहेको बताएका छन् । सफल आवाजसँग कुरा गर्दै पौड्यालले याे बजेटकाे सष्टेनेवल म्यानेजमेन्ट हुनु जरूरी रहेकाे समेत बताए । हामीले अर्थसँग सरोकार राख्ने सवालका बारेमा प्रि–बजेट मिटिङमा मन्त्रालय तथा अर्थका संचिवसँग छलफल गरेका थियौं । अन्य क्षेत्रबाट पनि छलफल भएका थिए । सरकारले सुझावहरु लिएको थियो । हामीले गरेको छलफलमा अर्थ सम्बन्धि निचोडका कुराहरुलाई… पुरा पढौ

सरकारलाई झुकाउने, कुनै समायोजन स्वीकार नगर्ने उपसचिव पाेखरेल किन असन्तुष्ट ?

जीवनभर अन्याय र विभेदमा परेको, पारेको अनुभव सुनाउने र असन्तुष्टि व्यक्त गर्ने शिक्षा सेवाका उपसचिव हाल मन्त्रालयको उपसचिव छन् । कर्मचारी समायोजनको नाममा राज्यले गरेको ज्यादती र अन्यायको विरुद्धमा एक्लै संघर्ष गरी सामाजिक तथा प्राकृतिक न्यायको पक्षमा राज्य, सरकारलाई झुकाएर कुनै समायोजन नस्वीकारेर यथावत जागिरमा रहेका ईश्वरीप्रसाद पोखरेल किन सधैं असन्तुष्टि व्यक्त गरिहन्छन् ? असन्तुष्टिका विरुद्धको आक्रोस हो वा न्यायसंगत र तथ्यगत आरोप हो ? यसका बारेमा आजको यस संस्करणमा पोखरेलसंग सफल आवाजले गरेको संवाद यहाँ प्रस्तुत गरएिको छ ।… पुरा पढौ

देशभर मतदान भइरहेकाे बेला विमानस्थलमा भेटिएका मानसिंहहरु…

काठमाडौं, ३० वैशाख । उमेर साढे आठ दशक । शुक्रबार देशभर स्थानीय तह निर्वाचनको मतदान भइरहेका बेला छोराबुहारीलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडि टोलाइरहेका थिएद काठमाडौ बनस्थलिका मानसिंह विष्ट । यो उमेरका विष्टलाई बुढेसकालमा छोरालाई विदेश पठाउन फिटक्कै मन छैन तर उनले रोक्न पनि सक्दैनन् । निर्वाचनको दिन निजी तथा सार्वजनिक सवारीसाधन नचलेकाले अनेक प्रयास गरेर विमानस्थलसम्म गइपुगेको बताउने विष्टका आँखा एकाएक रसाए । छोरा किसन र बुहारी कमलालाई विदेश पठाउन आएको उनले बताए । “विमानस्थल आउने… पुरा पढौ

तालिमपछि व्यवसायी र प्रशिक्षक बन्दैछन महिला

बुटवल, २२ वैशाख । हातमा सीप नहुँदा करिब एक वर्षअघिसम्म बुटवल उपमहानगरपालिका– ४ की निर्जला अधिकारी बेरोजगार हुनुहुन्थ्यो । स्नातक तह उत्तीर्ण गरेर पनि हातमा सीप नहुँदा खाली बस्नाको पीडाले उहाँले निकै पिरोल्थ्यो । श्रीमान्को कमाइले घरखर्च चलाउनै ठीक्क हुने भएकाले अन्य आवश्यकता पूरा गर्न समस्या थियो । बुटवल उपमहानगरपालिकाको महिला उद्यम विकास कार्यक्रमअन्तर्गत थाकलको पातबाट विभिन्न हस्तकलाका सामग्री बनाउने तालिम लिएपछि उहाँको जीवनस्तरमै ठूलो परिवर्तन आयो । पन्ध्रदिने तालिमले अधिकारीलाई उद्यमीका रुपमा स्थापित ग¥यो । स्थानीय जङ्गलबाट कच्चा पदार्थ… पुरा पढौ

राक्षसी व्यवहारले मुर्दा वा विद्रोही हुनु अनिवार्य : पोखरेल

नेपालको सार्वजनिक प्रशासनिक क्षेत्रमा भ्रष्टाचारको जालो र कुशासनको बोलबाला छ । सार्वजनिक पदमा रहेकाहरुबाट पदको चरम दुरुपयोग हुन्छ । निहित स्वार्थमा लोगो र हस्ताक्षरको प्रयोग गरी जे पनि गर्न, गराउन आत्मबल दिनेहरुको बिगबिगी छ । राजनैतिक संलग्नताका ट्रेडयुनियनधारी कर्मचारीहरु नै बिचौलिया हुन् । उनीहरुले सरकारी पदको आवरणमा सार्वजनिक सेवालाई निकम्मा बनाए । सरकारी कार्यालयहरुमा एकातिर राजनीतिक पार्टीका भाट, भ्रष्ट प्रशासक तथा राजनीतिज्ञ मात्र अर्कोतिर मुर्दा दासहरु तथा अल्छेहरुको मात्र जमात हुने गरेको छ । कुनै दलको राजनीतिमा नलागेका कर्मचारी पाउन… पुरा पढौ

‘यूएनसीसीडी’ मा सद्‌गुरुले भने: माटो कुनै सामग्री होइन, हाम्रो जीवनको स्रोत हो 

एजेन्सी, ७ बैशाख । विश्वभरिको माटोलाई विनाश हुनबाट जोगाउने उद्देश्यसहित माटो जोगाऔँ अभियानअन्तर्गत शुरु गरिएको १०० दिने यात्राको क्रममा सद्‌गुरुले यूएनसीसीडीका कार्यकारी सचिव इब्राहिम थिएयुसँग भेटघाट गरेका छन। याे अनमोल स्रोतलाई जोगाउन र यसको विनाशलाई उल्टाउनको लागि सबैभन्दा पहिलो पाइला यो हो । हामीलाई हरेक दिन आवश्यक पर्ने सबैथोक माटोबाटै आउँछन्, अनि सचेतन भई गरिने कार्यहरूले ठूलो भिन्नता ल्याउने सद्गुरूले बताएका छन। सद्‌गुरुले भने, “थुप्रै सरकारहरूले अझैपनि माटोलाई निर्जीव वस्तु जसरी व्यवहार गर्छन् अनि केही रासायनिक पदार्थहरू थपघट गरी यसलाई व्यवस्थापन गर्न… पुरा पढौ

तपाईंले जन्मिन बाँकी बच्चाको भोजन खोस्दै हुनुहुन्छ, यो अपराध हो : सद्‌गुरु

जेनेभा, २४ चैत । माटो जोगाऔँ अभियानको समर्थनमा जेनेभामा आयोजित समारोहमा उत्सुक श्रोताहरूलाई सम्बोधन गर्दै, सद्‌गुरुले माटो विनाश भइरहेको विषयप्रति तत्काल सबैको ध्यान आकर्षित गर्न आह्वान गरे । उनले भने, “तपाईंहरूको आवाज कहाँ छ ? अब बोल्ने समय भएको छ“।   आफ्नो १०० दिने यात्राको क्रममा १६औँ दिनमा, वर्षा र ठण्डीमा कैयौँ घण्टाको चुनौतीपूर्ण यात्रापछि सद्‌गुरु रोमबाट जेनेभा पुगेका हुन् ।  “मैले यसबारे विगत ३० वर्षदेखि बोलिरहेको छु । सबैले भनिरहेका छन् कि निकै सानदार, तर यो अघि नबढी मर्नेछ,” आफ्नो… पुरा पढौ