बैंक तथा वित्तीय

बैंकहरुलाई राष्ट्र बैंकले किन दियो यस्तो निर्देशन ?

काठमाडौं, ३ कात्तिक। बैंकहरुले अस्वभाविक रुपमा ब्याजदर बढाउन थालेपछि नेपाल राष्ट्र बैंकले ब्याज घटाउन नयाँ निर्देशन जारी गरेको छ । विभिन्न बैंकहरुले निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा माथि पुर्‍याएपछि राष्ट्र बैंकले नियमनकारी एकीकृत निर्देशन जारी गरेको हो । यसले बैंकको ब्याजदरलाई अपेक्षित सीमामा राख्न मद्धत गर्ने राष्ट्र बैंकको विश्वास छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा दश प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्ने बताएको छ… पुरा पढौ

ग्लोबल आइएमई बैंकको २८१ औँ शाखा खुसिबु काठमाण्डौमा

काठमाडाैं, १ कात्तिक। ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाण्डौकाे खुसिंबुमा आज सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै अब बैंकको शाखा संख्या २८१ पुगेको छ । यसैगरि बैंकले आजैबाट मोरङ जिल्ला सुनबर्षी नगरपालिका –२, अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँ एक्सटेन्सन काउन्टरको सुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या (राजश्व संकलन काउन्टर सहित) ४८ पुगेको छ । यस अमरदह एक्सटेन्सन काउन्टर डाँगीहाट शाखाअन्तर्गत रहने बताइएकाे छ । बैकले ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २६ लाख… पुरा पढौ

ब्याजदरमा बैंकहरूकाे चर्काे प्रतिस्पर्धा, मुद्दति निक्षेपमा दिए ११.६७ प्रतिशतसम्म ब्याज

काठमाडौं, १ कार्तिक। नेपाली बित्तिय बजारमा अहिले निक्षेपमा कसले बढी ब्याज दिने भन्ने प्रतिस्पर्धा चलेकाे छ । हिजाे र आज प्रकाशित बैकहरूकाे इन्ट्रेष्ट रेटकाे सूचनामा यस किसिमकाे प्रतिस्पर्धा देखिएकाे हाे । अहिले बैंकहरूमा देखिएकाे ब्याजदरकाे चर्काे प्रतिस्पर्धा हेर्दा आफ्नो भएकाे निक्षेप जोगाउन र अर्को बैंकको तान्नका लागि ब्याज बढाएकाे स्पष्ट देखिएकाे एक बैंकरले सफल आवाजलाइ बताए । नेपाल बैंकर्स संघको आइतबारकाे बैठकमा अध्यक्ष भुवन दहालले राष्ट्र बैंकको आग्रहलाइ मान्न बैंकरहरूलाइ अनुराेध गरेका थिए । ब्याज बढाएकै भरमा निक्षेप नआउने भन्दै… पुरा पढौ

राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौ‌, १ कात्तिक । नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको आजदेखि बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले ९१ दिन अवधिको रु २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन अवधिको रु छ अर्ब गरी जम्मा रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी जारी गर्न लागेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ । ९१ दिन अवधिको ट्रेजरी आगामी… पुरा पढौ

आइसिएफसि फाइनान्सले गर्यो लाभांश वितरणको घोषणा

काठमाडौं, १ कात्तिक । आइसिएफसि फाइनान्स कम्पनी लिमिटेडले १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/२०७८ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस तथा कर प्रयोजनार्थ ४ प्रतिशत नगद लाभांशसहित १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । संचालक समितिको सो प्रस्तावलाई नेपाल राष्ट्र बैंकले अनुमति प्रदान गरेपछि तथा फाइनान्सको साधारण सभाले पारित गरेपछि वितरण गरीने भएको छ । संचालक समितिको २८७ औं बैठकबाट शेयरधनीहरुलाई २०७८ असार मसान्तसम्म कायम… पुरा पढौ

सिटिजन्सको साधारणसभा आह्वान : सञ्चालक चयनदेखि लाभांश पारितसम्मका एजेण्डा

काठमाडौं, ३१ असोज । सिटिजन्स बैंक इन्टरनेसनले साधारणसभा आह्वान गरेको छ । बैंकले कात्तिक १६ गते ४ बजेका लागि साधारणसभा आह्वान गरेको हो । साधारणसभामा बैंकले गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने भनेको लाभांशलाई प्रस्तावको रुपमा लैजादैछ । यस अघि बैंकको सञ्चालक समिति बैठकले गत वर्षको मूनाफाबाट करिब १३ प्रतिशत लाभाशं घोषणा गरेको थियो । उक्त प्रस्ताव साधारणसभामा लैजान लागिएको हो । यसका अलवा बैंकले सर्वसाधारणबाट प्रतिनिधित्व गर्ने शेयरधनीहरुका तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन समेत गर्नेछ । पुरा पढौ

दशैं बिदा पछि बैंकिङ क्षेत्रसँगै शेयर बजार पनि खुल्यो

काठमाडौं, ३१ असोज । दशैं बिदा पछि आइतबारदेखि शेयर बजार पनि खुला भएको छ । नेपाल स्टक एक्सचेञ्जले आइतबारदेखि कारोबार खुला गरेको हो । दशैं बिदा पछि खुलेको बशेयर बजार पहिलो दिन खुला हुना साथ सकारात्मक देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरु खुला भएका छन् । आइतबारदेखि सबै बैंक तथा वित्तीय संस्थाहरु खुला भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए । उनका अनुसार आजदेखि सबै बैंकहरुमा नियमित कारोबार हुनेछ । काठमाडौं उपत्यकासहित देशभर फुलपातिदेखि बैंकहरु बन्द थिए… पुरा पढौ

सांग्रिला डेभलपमेन्ट बैंकको सञ्चालकमा गुप्ता

काठमाडौं, ३१ असोज । सांग्रिला डेभलपमेन्ट बैंकको सञ्चालकमा नितिश गुप्ता मनोनित भएका छन् । बैंकको गत २५ गते बसेको सञ्चालक समिति बैठकले गुप्तालाई सर्वसाधारण समूहतर्फबाट सञ्चालकमा मनोनित गर्ने निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेठले जानकारी दिए । बैंकमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने एक सञ्चालक पद रिक्त थियो । रित्तः ठाउँमा सञ्चालक समितिले गुप्तालाई मनोनित गरेको हो । पुरा पढौ

सानिमा बैंकको ब्याजदर घट्यो, के तरतलता सहज भएको हो ?

काठमाडौं, ३१ असोज । तरलताको ात्रस बढीरहेका बेला सानिमा बैंकले ब्याजदर घटाएको छ । दशैं बिदा लगत्तै आइतबार बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्दै घटेको जानकारी दिएको छ । बैंकका अनुसार मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ८ दशमलव ५१ प्रतिशत तोकिएको छ । यस अघि बैंकले मुद्दति निक्षेपमा ९।५१ प्रतिशत तोकेको थियो । मुद्दति निक्षेपमा ब्याजदर घटेसँगै ऋणको समेत ब्याजदर घट्ने भएकाले ऋण लिनेलाई राम्रै हुनेछ । सानिमा बैंकको अहिले ६।५३ प्रतिशतमात्रै बेस रेट रहेको छ । बेस रेटमा केही प्रतिशत प्रिमियम… पुरा पढौ

राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौं, ३१ असोज । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर निर्धारण गरेको विवरण सार्वजनिक गरेकाे छ । बैंकले कार्तिक १ गतेबाट लागू हुनेगरी नयाँ ब्याजदर प्रकाशन गरेको हो । बैंकको नयाँ ब्याजदर अनुसार बचत खातामा न्यूनतम ३.५५ प्रतिशत र अधिक्तम ५.०५ प्रतिशत ब्याज दिईने भएको छ । मुुद्धति निक्षेपमा ब्याज न्यूनतम ६ प्रतिशतदेखि अधिक्तम ९.५५ प्रतिशत रहेको छ । अघिल्लाे महिनाकोभन्दा बैंकले यो महिनामा ०.५० प्रतिशतले निक्षेपमा ब्याज बढाएको छ । बैंकले अधिक्तम ३ प्रतिशतसम्म थपर गरेर ब्याज बढाएको छ ।… पुरा पढौ