स्वास्थ्य

कोरोनाका १२ सङ्क्रमित थपिए, ५ जना डिस्चार्ज

काठमाडौं, १९ माघ । नेपालमा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट ८५० जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये १२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । १५७ जनाको पीसीआर परीक्षण गरिएकामा ३ जनामा तथा ६३९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट ५ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन… पुरा पढौ

कालीकोटमा घरमा सुत्केरी गराउने घटे

कालीकोट, १८ माघ । कालीकोटको रास्कोट नगरपालिकामा ३ वर्षयता घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ । नागरिकस्तरमा चेतनाको अभिवृद्धि र पालिकाको प्रभावकारी स्वास्थ्य सेवाका कारणले घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको नगरपालिकाका स्वास्थ्य संयोजक हंसराज बरालले बताए । गर्भवतीले नियमित गर्भ परीक्षण गराउने र उनीहरुलाई स्वास्थ्यकर्मीले परामर्श समेत दिने गरेकाले घरमा सुत्केरी गराउनेको सङ्ख्या शून्यमा झरेको उनको भनाइ छ । नगरपालिकामा ९ वटै वडामा बर्थिङ सेन्टर स्थापना भएपछि सुत्केरी हुन स्वास्थ्य चौकी आउने गरेका प्रमुख बरालले बताए । “नगरपालिकाले… पुरा पढौ

त्रिशूली अस्पतालमा जनआन्दोलनका घाइतेको निःशुल्क उपचार

त्रिशूली, १७ माघ । त्रिशूली अस्पताल नुवाकोटले जनआन्दोलनका घाइतेको उपचार निःशुल्क गर्ने भएको छ । त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा दीपेन्द्र पाण्डेको अनुसार अस्पतालमा हुने उपचारसहित सबै किसिमको सेवा यस साताबाट निःशुल्क थालिएको हो । उहाँको अनुसार बागमती प्रदेश सरकारको सहयोगमा ‘जनआन्दोलनका घाइते’का लागि अस्पतालबाट उपलब्ध रहेको सेवा प्रवाह गर्न प्राप्त कार्यदेशानुसार त्रिशूली अस्पतालले उक्त कार्यक्रम सञ्चालन गरेको छ । “जनआन्दोलका क्रममा घाइते भएका व्यक्तिका लागि सरकारले उपलब्ध गराएको परिचयपत्रका आधारमा अस्पतालबाट उपलब्ध सेवा निःशुल्क गर्न थालिएको छ ।” मेसु… पुरा पढौ

गाउँमै स्वास्थ्य सेवाको पहुँच, स्थानिय खुसि

ढोरपाटन, १७ माघ । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोला गाउँपालिका अन्य पालिकाको तुलनामा सुगम मानिन्छ । सुगम पालिकामा आधा दशक अगाडिसम्म स्वास्थ्यको सहज पहुँच नहुँदा स्वास्थ्योपचारमा समस्या थियो । काठेखोलाका गाउँहरूबाट नागरिक स्वास्थ्योपचारका लागि घण्टौँ लगाएर बागलुङ बजार पुग्नुपर्ने अवस्था थियो । गाउँमा कोही बिरामी हुँदा अस्पतालभन्दा धामी–झाँक्रीकहाँ पुग्ने गर्थे । गाउँ नजिक स्वास्थ्य संस्था थिएनन् । तर अहिले गाउँपालिकाले स्वास्थ्य सेवामा उल्लेख्य सुधार गरेको छ । गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेर आफ्ना नागरिकलाई सहज स्वास्थ्य सेवा… पुरा पढौ

कोरोनाका ३ सङ्क्रमित थपिए, १ जना डिस्चार्ज

काठमाडौं, १६ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट १ हजारर १५६ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । ३८६ जनाको पीसीआर परीक्षण गरिएकामा ३ जनामा तथा ७७० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट १ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान… पुरा पढौ

कोरोनाका ४ सङ्क्रमित थपिए, १ जना डिस्चार्ज

काठमाडौं, १५ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट ६५३ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । ३२६ जनाको पीसीआर परीक्षण गरिएकामा ४ जनामा तथा ३२७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट १ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन… पुरा पढौ

नर्सलाई कम पारिश्रमिक दिने संस्था नवीकरण हुँदैन : मन्त्री गिरी

काठमाडौं, १५ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्टाफ नर्सलाई कम पारिश्रमिक दिने स्वास्थ्य संस्था नवीकरण नगर्ने बताएका छन् । आज नेपाल नर्सिङ सङ्घको ६१औँ वार्षिकोत्सव कार्यक्रममा उनले नर्सको तलब निकै कम भएको सुन्नमा आएको भन्दै बिरामीको सेवामा चौबिसै घण्टा खटिने नर्सको सेवासुविधा वृद्धि गर्नका लागि भूमिका खेल्ने बताए । उनले श्रम शोषण गर्ने स्वास्थ्य संस्थालाई अनुगमन गरी कारबाही गर्नेसमेत चेतावनी दिए । मन्त्री गिरीले नर्समैत्री नीति बनाउनका लागि सक्रिय भूमिका खेल्ने धारणा व्यक्त गरे । “नर्सका समस्या पहिचान… पुरा पढौ

आज ७० औँ विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, १५ माघ । आज ७० औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम गरी मनाइँदै छ । ‘कुष्ठरोगसँग भेदभाव नगरौँ’, ‘कुष्ठ रोगीलाई माया गरौँ’, ‘कुष्ठ रोगी प्रति हुने भेदभाव अन्त्य गरौँ’ भन्ने जस्ता नारा लेखिएका प्लेकार्ड लिएर रयाली प्रदर्शन गरिँदै छ । यस्ता कार्यक्रमले कुष्ठरोगसम्बन्धी भ्रमजन्य परम्परागत मान्यता तोड्न यो दिवसले पनि महत्त्वपूर्ण काम गर्छ । अझ नयाँ पुस्ताले कुरीतिजन्य सवालका मामलामा प्रतिवाद गर्नुपर्छ । सरकारले पनि ‘कुष्ठरोग मुक्त समाज’ घोषणा गरिसकेको छ । वर्ष २०२२ को यस दिवसको नारा चाहिँ Act… पुरा पढौ

राजीव गान्धी अस्पताल र सिएमसीबीच प्रविधि आदानप्रदान सम्झौता

चितवन, १४ माघ । भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर तथा चितवनको सिएमसी क्यान्सर इन्स्टिच्युटबीच सीप, अनुसन्धान र प्रविधि आदनप्रदानसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरका निर्देशक प्रा डा सुधिरकुमार रावल र चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले हस्ताक्षर गरे। सम्झौताअनुसार राजीव गान्धीका विज्ञ चिकित्सकले सिएमसीका चिकित्सकलाई तालिम दिने चितवन मेडिकल कलेजका शैक्षिक विभाग निर्देशक प्रा डा गोपेन्द्रप्रसाद देवले बताए। राजीव गान्धीका चिकित्सकसहित सिएमसीमा क्यान्सर… पुरा पढौ

कोरोनाका सक्रिय सङ्क्रमित घट्दै

काठमाडौं, १३ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १५० जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट २ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज अद्यावधिक गरिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १८ मा झरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा कोरोनाविरुद्धको खोप… पुरा पढौ