कर्पोरेट

बजेट कार्यान्वयन गर्दै वस्तुवादी योजना ल्याउन अर्थमन्त्री पुनकाे निर्देशन

काठमाडौं, ८ असार । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको योजना बनाउने काम थालेको छ । अर्थमन्त्री वर्षमान पुनले आज मन्त्रालयका दुवै सचिव, महाशाखा प्रमुखहरु, भन्सार विभाग, आन्तरिक राजस्व विभागलगायतका उच्च अधिकारी बोलाएर कार्ययोजनाबारे प्रारम्भिक छलफल गरेको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । अर्थमन्त्री पुनले कार्यान्वयन हुन सक्नेगरी वस्तुवादी योजना तयार पार्न निर्देशन दिएका छन् । “खर्च बढाउने गरी र कार्यान्वयन हुन सक्ने गरी वस्तुगत कार्ययोजना बनाऔँ । तोकिएको समयमा लक्ष्यअनुसार खर्च गर्ने र खर्च बढाउन सकियो… पुरा पढौ

वाच ग्यालरीले ‘बाली’ ब्राण्डका सामाग्रीहरूमा ४० प्रतिशत सम्म छुट दिने

काठमाडाैं, ७ असार। स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशत सम्म छुटको घोषणा गरिएको छ । १८५१ बाट स्विजरल्याण्डमा शुरू भएकाे लक्जरी ब्राण्ड बालीको दबारमार्ग स्थित सोरुम वाच ग्यालरीमा यस्तो छुटको घोषणा गरिएको हो । लक्जरी सुज, ब्याग, बेल्ट, वालेट लगायतका उत्पादनहरुमा विश्वप्रख्यात ब्राण्ड बालीलाई नेपाली बजारमा वाच ग्यालरीले विक्री वितरण गर्दै आएको छ । सर एडमण्ड हिलारी सँगै तेन्जिङ नोर्गेले पहिलो पटक समगरमाथाको आरोहण गर्दा लगाएका रेनडियर बुटहरु हुन् वा स्विस ओलम्पिक टोलीले लगाउने प्राविधिक रुपमा सम्मुन्न कर्लिङ सुजहरुहुन् बालीले… पुरा पढौ

मिरा बायोटेक र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग बीच वित्तीय परामर्श सेवा सम्झौता

काठमाडाैं, ६ असार । मिरा बायोटेक प्रा.लि. र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि. वित्तीय परामर्श सेवा प्रदान गर्ने बिषयमा सम्झौता भएको छ । एक कार्यक्रमका बीच मिरा बायोटेक प्रा.लि.तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील पौडेल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन। कार्यक्रममा दुवै संस्थाका सिनियर कर्मचारीहरुको उपस्थिति रहेको थियो । मिरा बायोटेक प्रा.लि. ले डब्लुएचओ मापदण्ड बमोजिम औषधी उच्पादन गर्दै आइरहेको छ । कम्पनीले स्थानीय र विदेशी बजारहरुका… पुरा पढौ

एलआइसीले डाक्याे एजिएम, लाभांशकाे प्रस्ताव छैन

काठमाडौं, ६ असार । लाइफ इन्स्याेरेन्स कर्पोरेसन (एलआइसी) नेपालकाे साधारण सभा असार १३ गते डाकिएकाे छ । साे सभा, नेपाल प्रशाासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा बिहान ११ः४५ बजेदेखि डाकिएकाे हाे ।  सभामा यस पटक लभांश वितरणकाे प्रस्ताव नगरिने भएकाे छ । आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान र नगद प्रवाह लगायतका एजेण्डामाथि छलफल गरिने भएकाे छ । यस्तै, लेखापरीक्षककाे नियुक्ति गर्ने र पारिश्रमिक ताेकिने भएकाे छ ।  कम्पनीले साधारण सभा प्रयोजनका लागि जेठ ३२ गते बुक क्लोज गरेको थियाे।… पुरा पढौ

आदर मल्टी ईन्भेष्टमेण्टले साढे ५३ करोड बराबरकाे आईपीओ जारी गर्ने

काठमाडाैं, ५ असार । आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएकाे छ । सेयर जारी गर्नका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेकाे छ ।  सम्झाैता पत्रमा आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीको तर्फबाट अध्यक्ष यज्ञमूर्ति न्यौपाने र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीले १ अर्ब ७८ करोड ५८ लाखको ३० प्रतिशतले हुने ५३ करोड ५७ लाख ४० हजार रूपैयाँ बराबरकाे सेयर प्रतिकित्ता .१०० अंकित दरकाे ५३ लाख ५७… पुरा पढौ

चिरख्वा हाइड्रोपावरले डाक्याे एजिएम, बुकक्लाेज कहिले ?

काठमाडौं, ५ असार । चिरख्वा हाइड्रोपावरले असार २३ गते साधारण सभा डाकेकाे छ । कम्पनीकाे साधारण सभा क्वालिटी ब्यांकेट, बुद्धनगर, काठमाडौंमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । यस पटक सभाका लागि लाभांशकाे प्रस्ताव पेश नहुने भएकाे छ ।  सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानका विषयमा छलफल हुने भएकाे छ । यस्तै सभामा आर्थिक वर्ष २०८०–८१ काे लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने, सर्वसाधारणबाट २ जना सञ्चालको चयन लगायतका एजेण्डा रहेका छन्।  कम्पनीले साधारण सभाकाे प्रयोजनका लागि असार १२ गते… पुरा पढौ

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणको काम अन्तिम चरणमा

तनहुँ, ४ असार । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणका लागि जग खन्ने काम अन्तिम चरणमा पुगेको छ । गत कात्तिक २० गतेदेखि सुरु भएको आयोजनाको उक्त काम अन्तिम चरणमा पुगेको जनाइएको छ । मनसुन अगावै सम्पन्न गर्ने गरी आयोजनाको प्याकेज–१ अन्तर्गतको बाँध निर्माण केही दिनमै सम्पन्न हुने तनहुँ जलविद्युत् आयोजनाका निमित्त प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सीमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कङ्क्रिट मुख्य… पुरा पढौ

ट्यांकर चालक संघ र सरकारबीच ४ बुँदे सहमतिपछि पेट्रोल पम्पहरु खुले

काठमाडाैं, ३ असार । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच चार बुँदे सहमति भएपछि काठमाडाैंका पेट्राेल पम्पहरू खुलेका छन् । संघका पदािधकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सिंहदरबारमा भएकाे वार्ता सहमितमा पुगेपछि पम्पहरू खुलेका हुन् । पेट्रोलियम ट्यांकर चालक संघ, नेपाल आयल निगम तथा मन्त्रालयबीच भएको छलफल सकारात्मक भएपछि ट्यांकर चालकहरू पेट्रोलियम पदार्थको ढुवानीका लागि सहमतिमा पुगेका हुन् ।  चालकहरूका मागका बारेमा एक समिति बनाएर अध्ययन गरिने भएकाे छ । उनीहरूले राखेका ७ वटा मागहरूका बारेमा समितिले अध्ययन… पुरा पढौ

विश्व बैंककाे माल्दिभ्स, श्रीलङ्का र नेपालको निर्देशकमा डेभिड सिस्लेन नियुक्त

काठमाडौं, ३ असार । विश्व बैंकले माल्दिभ्स, नेपाल र श्रीलङ्काको देशीय निर्देशकमा डेभिड सिस्लेनलाई नियुक्त गरेको छ । डेभिडले काठमाडौँस्थित विश्व बैंकको उपक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलङ्काको देशीय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नेछन् । निवर्तमान निर्देशक फारिस हदाद जर्भोसको कार्यकाल सकिएसँगै विश्व बैंकले डेभिडलाई नयाँ निर्देशकका रुपमा नेपाल पठाएको हो । अर्थ मन्त्रालयले आइतबार एक औपचारिक कार्यक्रम गरी फारिसको बिदाइ र डेभिडको स्वागत गरेको अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जनाएको छ । अर्थमन्त्री पुनले आयोजित एक कार्यक्रममा एकैसाथ उनीहरुको स्वागत र… पुरा पढौ

नेपाल र भारतबीचको आर्थिक सम्बन्ध विस्तारमा जोड

काठमाडौं, ३ असार । नेपाल–भारतबीचको सामाजिक र आर्थिक सम्बन्धलाई थप विस्तार गर्दै दुवै देशको समृद्धिका लागि सरकार र जनस्तरबाट पहल हुनुपर्नेमा जोड दिइएको छ । ‘एसोसिएसन फर इकोनोमिक ग्रोथ’ र ‘अर्गनाइजेसन फर कमर्श एण्ड इन्ड्रष्ट्री फोरम’ द्वारा काठमाडौंमा आयोजित ‘इन्डो नेपाल फ्रेन्डसिप ब्याङ्क्युट–२०२४’ का अवसरमा सहभागी वक्ताहरुले विश्व अर्थतन्त्रको चुनौतीको सामना गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापार र व्यवसायका विद्यमान समस्याको पहिचान गरी समाधानमा लाग्नसमेत आग्रह गरेका छन् । कार्यक्रममा भारत–नेपालमैत्री सङ्घका प्रवक्ता शशीभूषण कुमारले नेपाल र भारतबीच वर्षाैंदेखि आर्थिक, सामाजिक,… पुरा पढौ