म्याग्दी, १९ माघ । म्याग्दी जिल्लाबाट यो वर्ष २० करोड मूल्य बराबरको सुन्तला निकासी भएको छ । जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौं, पोखरा, मुग्लिनलगायतका बजारमा निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख किरन सिग्देलले म्याग्दीका अधिकांश बगैँचाको सुन्तला निकासी भइसकेको जानकारी दिए । “सरदर प्रतिकिलो ६० रुपैयाँका दरले २० करोड मूल्यको सुन्तला निकासी भएको अनुमान गरेका छौँ”, उनले भने “अनुकूल मौसम र रोग किराको समस्या नभएको तथा फल दिने बोटसँगै उत्पादन पनि…
पुरा पढौ