एनएमबि लघुवित्तको सातौं वार्षिक साधारण सभा

-



     सफल आवाज    
     असार २३ गते २०७७ मा प्रकाशित



पोखरा, २२ असार ।एनएमवि लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

साधारण सभाले संचालक समिति अध्यक्ष सञ्जीव सुव्वाले प्रस्तुत गरेको आव २०७५/०७६ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

पोखराको हेमजास्थित केन्द्रीय कार्यालयमा भएको साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०७६ असार मसान्तको वासलात, आव २०७५/०७६ को नाफानोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचिमाथि छलफल गरी पारित गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले बताए ।

संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजीको ०.६३२ प्रतिशतका दरले हुन आउने २५ लाख ५७ हजार ९ सय ९३ दशमलब ४२ नगद लाभांश वापत (वोनस शेयरको कर प्रयोजनको लागिमात्र) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साधारण सभाबाट सर्वसाधारण समूहतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक जितेन्द्र बाहेती र सविता सापकोटा निर्वाचित भएका छन् ।

सञ्चालक समिति अध्यक्ष सुब्बाले संस्थामा प्रविधिको उच्चतम प्रगोग गर्दै आगामी दिनमा थप कार्यगत चुस्तता ल्याउने र ग्राहक सदस्यको कारोबार थप सुरक्षित बनाउँदै लैजाने प्रतिवद्धता ब्यक्त गरे ।