फोर्स मोटर्सको कोभिड–१९ ग्राहक राहत योजना

-



     सफल आवाज    
     असार २३ गते २०७७ मा प्रकाशित



नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता तथा वितरक आयाम इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना ग्राहकको निम्ति बृहत् प्याकेज ल्याएको छ।

कोभिड–१९ बीच आएको सो योजनाअन्तर्गत फोर्स कम्पनीको विभिन्न मोडेलको गाडी खरिद गर्दा ग्राहकले बैंक फाइनान्समा तिर्नुपर्ने १ वर्षसम्मको किस्ता रकम कम्पनीले नै तिरी दिने भएको छ । साथै १ लाख रुपैयाँसम्मको नगद छुट दिने आयाम इन्टरकन्टिनेन्टल प्रालि तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाले बताए।

आयामले ६ वर्षदेखि फोर्स मोटर्सको विभिन्न मोडेलका गाडीहरुको आयात तथा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले सबैभन्दा धेरै सिट क्षमता भएको जिप (१४ सिट) र ३ वर्ष वा ३ लाख किमीको इञ्जिन वारेन्टी भएको मर्सिडिज बेन्ज इन्जिन जडित जिप तथा पिकअप, डेलिभरी भ्यान, बस लगायत गाडीको आयात तथा बिक्री वितरण गर्दै आएको छ।