प्राडा सरोज कोइराला क्याम्पस प्रमुख नियुक्त

-



     सफल आवाज    
     असार २५ गते २०७७ मा प्रकाशित



प्राडा सरोज कोइराला पृथ्वीनारायण क्याम्पसको क्याम्पस प्रमुख नियुक्त भएका छन् ।
त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषदले मंगलबार यो निर्णय गरेको हो ।

क्याम्पसको अंग्रेजी विभागमा २ दशकदेखि आबद्ध उनले बुधबारदेखि कार्यभार सम्हालेका छन् ।

पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालय बनाउन आफ्नो पहल रहने उनले प्रतिबद्धता व्यक्त गरे ।

पोखरा ५, मालेपाटन निवासी कोइराला सामाजिक सेवामा समेत उत्तिकै क्रियाशील छन् ।

बाराही स्कुल र सूर्यचन्द्र विकास केन्द्रमा उनले २ पटकसम्म अध्यक्षको कार्यभार सम्हालेका थिए।