केशव पाठकलाई खेलकुद पत्रकारिता सम्मान

-



     सफल आवाज    
     असार २५ गते २०७७ मा प्रकाशित


युवा तथा खेलकुद मन्त्रालयले पत्रकार केशव पाठकलाई खेलकुद पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ ।

पाठक साढे २ दशकदेखि खेलकुद पत्रकारितामा क्रियाशील छन् । संघीय मन्त्रालय अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयले आफूलाई पुरस्कार लागि योग्य ठह¥याएकोमा आफूलाई खुसी लागेको भन्दै यो उनले यो सम्मान समग्र पोखरा क्षेत्रको सम्मान भएको पाठकले बताए ।

काठमाडौंमा सोमबार दिउँसो सिहंदबारस्थित मन्त्रालयमा आयोजित समारोहमा पत्रकार पाठकसहित देशभरका ४ जना पत्रकारलाई सम्मान गर्ने कार्यक्रम छ । उनीहरुलाई जनही ५० हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरिने मन्त्रालयका उपसचिव गणेशप्रसाद पौडेलले जनाए ।

खेलकुद पत्रकारितामा क्रियाशील रहेर समग्र खेलकुदको विकासमा योगदान पु¥याएको कदरस्वरुप मन्त्रालयले हरेक वर्ष पत्रकारलाई सो पुरस्कार प्रदान गर्दैआएको छ ।

पाठक हाल पोखरा स्पोर्टस् डटकमका सम्पादक छन् । गत मंसिरमा नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा पोखरा भेन्यूको लागि प्रचार तथा प्रकाशन उपसमिति संयोजक भई महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए ।