कमेडी च्याम्पियनको दोस्रो संस्करण तयारी

-



     सफल आवाज    
     असार २५ गते २०७७ मा प्रकाशित


लकडाउनबीच कमेडी च्याम्पियनको दोस्रो संस्करण आउने भएको छ ।

दर्शकले सर्वाधिक रुचाएको सो रियालिटी शोका निर्देशक विशाल भण्डारी तथा निर्माताहरु केकी अधिकारी र रीमा विश्वकर्मा र कान्तिपुर टेलिभिजनका स्टेसन म्यानेजर दिनेश डिसीबीच सहमतिपत्रमा हस्ताक्षर भयो ।

सहमति अनुसार अबको ५ वर्षसम्मका लागि कार्यक्रम निर्माण र प्रसारणको सम्झौतापत्रमा हस्ताक्षर गरेपछि कार्यक्रमको अन्य श्रृङ्खला क्रमशः प्रशारण हुने भएको छ ।

स्टेशन म्यानेजर डिसीका अनुसार थ्री प्रोडक्सन र कान्तिपुरको सहकार्य ‘कमेडी च्याम्पियन’को छैटौं सिजनसम्मको लागि समति भएको हो ।

कोभिड–१९को प्रभाव हेरेर सकेसम्म चाँडो कार्यक्रम प्रसारण गरिने डिसीको भनाइ छ ।