शिव पलाँसको ‘आफ्नो जमिन’

-



     सफल आवाज    
     असार २६ गते २०७७ मा प्रकाशित


shiva palas

‘आफ्नो जमिन फिर्ता गरी छाड्ने बेला भयो
सिमानामा देशको झण्डा गाड्ने बेला भयो ..’

कवि तथा गीतकार शिव पलाँसको देशप्रेमको भाव बोकेको गीत हालै सार्वजनिक भएको छ ।

पछिल्ला केही वर्षयता अमेरिका प्रवासमा रहेर पनि अक्षरको खेती गर्दै आएका पलाँसको सो गीतमा रमेश कडरिया र अनिता घिमिरेको स्वर सुन्न सकिन्छ । संगीत रमेश आफैले भरेका छन् । भुवन लामा निर्देशिक सो भिडियोमा संगीत संयोजन नरेन्द्र बियोगीको छ ।

गीतको म्यूजिक भिडियो कडरिया इन्टरटेनमेन्ट मार्फत सार्वजनिक भएको हो ।

गीतमा नेपालको सीमा अतिक्रमण विषय प्रमुखताका साथ उठाइएको छ । छिमेकीले सदियौँदेखि सिमामा गरेको थिचोमिचो अहिले झन् बल्झिरहेकोमा सीमा विवादबीचको पीडा गीतमार्फत पस्किएको गीतकार पलाँसले बताए ।

यस्तै, गीतमा राष्ट्रियता र राष्ट्रप्रेम पाउन सकिन्छ । भारतसँग भएको विभिन्न सन्धी सम्झौता तथा कालापानी विषयलाई पनि गीतमा उठाइएको छ ।

कवि तथा गीतकार शिव पलाँस

‘बेहोसीमै छाडी गयांै’ गीतबाट स्रोता दर्शकसमक्ष पुगेका गीतकार शिव पलाँसको ‘माया गर्नुको अर्थ सिँउदो भर्नु होइन’ अत्यधिक रुचाइएको गीत हो ।

त्यस्तै, ‘गन्दै जाँदा पिरतीमा’, ‘बेहोशीमै छोडी गयौ’, ‘आगो भन्ने जान्दाजान्दै,’ ‘‘ज्यानमा बैश फुल्न थाल्यो’ ‘काली मोरीले’ लगायत करिब चार दर्जन गीत रेकर्ड रेकर्ड छन् ।

स्याङ्जाका शिव पलाँस केही वर्षदेखि अमेरिका नर्थ क्यारोलिना बस्दै आएका छन् । पप, आधुनिक र गजल सबै विधामा उनको कलम सशक्त छ ।


‘कालापानी नभई हाम्रो तिर्खा मेटिँदैन
लडौं जबसम्म सिंगो नेपाल भेटिँदैन..।’