
पोखरा वडा १९ स्थित लामाचौर–भुर्जुङखोला, पुरुन्चौर जोड्ने सडकखण्डमा पहिरो गएको छ । सडकको आधा भाग नै टुक्रिने गरी पहिरो गएपछि आवागमन अबरुद्ध हुन पुगेको छ ।
भारी वर्षापछि बेसीचोकको सडक भत्किएको हो । ठूला सवारीसाधन समेत जाने सो सडक भत्किएपछि अहिले मोटरसाइकल समेत आउन जान रोक लगाइएको छ ।
