खेल पत्रकारसहित १० जनालाई मन्त्रालयको सम्मान

-



     सफल आवाज    
     असार २७ गते २०७७ मा प्रकाशित



युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता पुरस्कारबाट नेपालका चार जना खेल पत्रकारसहित १० जनालाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा वरिष्ठ पत्रकारद्वय ध्रुवकुमार तुलाधर, रोशनसिंह राउत, पोखराका खेल पत्रकार केशव पाठक र प्रियालक्ष्मी कार्की सहित १० जना पत्रकार छन् । मन्त्रालयले काठमाडौं सिंहदरबारमा आयोजित समारोहमा उनीहरुलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको हो ।

नेपाल खेलकुद पत्रकार मञ्चका उपाध्यक्ष समेत रहेका तुलाधर कान्तिपुर दैनिकमा कार्यरत छन् । यस्तै राउत अन्नपूर्ण पोष्टमा कार्यरत छन् भने पाठक पोखरा स्पोर्टस् डटकमका संचालन हुन् । कार्की नेपाल टेलिभिजनमा आवद्ध छिन् ।

यसैगरी, युवा पुरस्कारतर्फ खगेन्द्र अधिकारी, गीता चिमोरिया, गंगा खड्का, नीरज न्यौपाने, रत्नकुमारी चौधरी र सुष्मा बराइली छन् ।

उनीहरुलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सहसचिव मानबहादुर बिेले सम्मानित गरेका हुन् ।