फलको राजा आँपका काइदा

-



     सफल आवाज    
     असार २७ गते २०७७ मा प्रकाशित


आँपलाई फलको राजा मानिन्छ । यतिखेर आँपको सिजन पनि हो । एउटा पाकेको आँपमा शरीरलाई आवश्यक विभिन्न तत्व पाइन्छ । आँपमा भिटामिन बी, सी तथा डी पनि पर्याप्त मात्रामा पाइन्छ। सोडियम, पोटासियम, ताम्र, गन्धक, म्याग्नेसियम, क्लोरोन तथा नियासिन पनि पाकेको आँपमा पाइन्छ। १ सय ग्राम आँपमा ५० देखि ८० क्यालोरी उर्जा तथा ४५ सय आइयु भिटामिन ए पनि पर्याप्त रहेको हुन्छ ।

१. क्यान्सरबाट बचाउँछ: आँप एन्टिअक्सिडेन्टयुक्त हुन्छ, जसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउँछ।

२. दृष्टिशक्ति बढाउँछ: यसमा हुने भिटामिन ए र रेटिनोलले आँखाको शक्ति बढाउँछ ।

३. फाइबर र भिटामिन सिको भण्डार: आँपमा हुने फाइबर र भिटामिन सिको प्रचूर मात्राले लिपोप्रोटिनको कम उपस्थितिलाई घटाउन मद्दत गर्छ, जसबाट कोलेस्टेरोलको मात्रा घट्छ ।

४. अल्कालाइन सन्तुलित पार्छ: यसले मानव शरीरमा अल्कालाइनलाई सन्तुलित राख्न मद्दत गर्छ, किनभने यसमा मालिक एसिड, टार्टारिक एसिड तथा राम्रो मात्रामा साइट्रिक एसिड हुन्छ।

५. पाचनप्रक्रिया राम्रो बनाउँछ: आँपले पाचनशक्तिलाई राम्रो बनाउछ । यसमा फाइबर उल्लेख्य मात्रामा हुन्छ । फाइबरले दिसा राम्रो हुन्छ र मेटाबोलिक रेटलाई वृद्धि गर्छ।

६. रोगप्रतिरोधी: आँपमा २५ प्रकारका क्यारोटेनोइड्रस हुन्छन् । तिनीहरुमा उच्च मात्रामा भिटामिन सि हुने हुनाले शरीरलाई रोग प्रतिरोधी बनाउन मद्दत गर्छ।

७. एन्टिअक्सिडेन्टयुक्त: आँपमा एन्टिअक्सिडेन्ट हुनाले कोषलाई पुनजीर्वन दिन तथा पुननिर्माण गर्न मद्दत गर्छ। यसले छालालाई भित्रैबाट रासायनिक पदार्थको असरबाट जोगाउँछ।

८. प्रजनन् क्षमतामा वृद्धि : आँँप फोलेट र फोलिक एसिडयुक्त हुन्छ, जसले प्रजनन क्षमता बढाउन मद्दत गर्छ।

९. खनिजयुक्त: आँपमा कपर, सेलेनियम, जिंक तथा पोटासियम हुन्छ, जुन मानव स्वास्थ्यका लागि आवश्यक हुन्छ। यस्ता खनिजको अभावमा मानिसमा विभिन्न स्वास्थ्य समस्या देखापर्छन् ।

१०. यौन क्षमता बढाउछ: आँपमा हुने भिटामिन ई ले मानिसमा यौनक्षमता बढाउन मद्दत गर्छ। यसले कोलेस्टेरोल घटाउन र मधुमेह रोक्न मद्दत गर्छ। आँपले रगतमा हुने घातक होमोसिस्टाइन तहलाई नियन्त्रण गरी हृदयाघात हुनबाट बचाउँछ।

११. छालामा चमक: आँपले छालामा भएका काला धब्बा तथा दाग हटाउछ र प्राकृतिक चमक ल्याउछ।

१२. एन्टि एजिङ फाइदा: यसले क्यान्सर गराउन सक्ने धुलोका खतरनाक कणबाट छालालाई जोगाउँछ। यसमा भएका भिटाभिन सिले डण्डीफोर आउन दिदैंन।

१३. कपाललाई फाइदा: भिटामिन र खनिजयुक्त भएकाले यसले कपालको वृद्धिलाई पनि लाभदायी हुन्छ। यसले कन्डिसनरको पनि काम गर्छ। यसमा हुने भिटामिन एले चाँया हटाउछ र कपालमा चमक ल्याउँछ।