
भारतीय सिनेजगतका हस्ती अमिताभ बचनमा कोरोना संक्रमण पाइएको छ । बीबीसीका अनुसार अमिताभ वचनले ट्वीट मार्फत सो कुराको खुलासा गरेका हुन् ।
ट्वीटमा उनले आफूमा कोरोना संक्रमण पोजेटिभ पाइएको र अस्पतालमा भर्ना भएको तथा परिवारका सदस्यमा पनि परीक्षण भई रिजल्ट आउन बाँकी रहेको बताएका छन् ।
तर उनका छोरा अभिषेक बचनले पनि केहीबेरमा ट्वीट गरी आफूपनि संक्रमित भएको जनाएका छन् ।
संक्रमित दुवै जना बाबुछोरालाई मुम्बईको नानाभिटा अस्पताल लगिएको छ ।
अभिषेकले अभिताभ र उनमा सामान्य खालको लक्षण देखिएको जनाएका छन् ।