पूर्वपश्चिम राजमार्गमा पहिराे, सवारी आवागमन अवरुद्ध

-



     सफल आवाज    
     असार ३० गते २०७७ मा प्रकाशित



बुटवल – पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा पहिरो खस्दा मंगलबार बिहानैदेखि अवरुद्ध भएको यातायात सञ्चालनमा आउन अझै एक घण्टा लाग्ने भएको छ । यातायात संचालनमा आउन अझै केही घण्टा लाग्ने भएको छ ।

सडक विभाग र प्रहरीले अवरुद्ध सडक खुलाउने काम भइरहेको र अझै कम्तिमा १ घण्टा लाग्ने प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

आज बिहानै पहिरोसँगै खसेको रूखले बा१४च ७०२० नम्बरको कार र ना६ख १५५९ नम्बरको ट्रक च्यापिएका थिए । मानवीय क्षति भने भएको छैन ।

सडक अवरुद्ध हुँदा मालवाहक ट्रक र निजी सवारी रातिदेखि दाउन्ने डाँडामै रोकिएका छन् । प्रदेश टाफ्रिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपी डम्वर विकले  पहिरो हटाउन अझै कन्तीमा एक घण्टा लाग्ने रातोपाटीलाई बताए ।

यता, पहिरो खसेका कारण सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड  शिद्धवावामा अवरुद्ध भएको खुलाउनको लागी अझै २ घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

पहिरोसँगै ठूला–ठूला ढुंगा खसेकाले सोमबार साँझदेखिसवारी साधन आवतजावत पूर्णरुपमा बन्द भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयकले अझै कन्तीमा २ घण्टा लाग्ने जनाएको छ । सडकअवरुद्ध हुँदा सयौं सवारी साधनबीच बाटोमै रोकिएका छन् ।