
कोरोना भाइरस (कोभिड–१९) को महामारी विश्वभर फैलिएपछि गण्डकी प्रदेश सरकारले यसविरुद्ध लड्न स्थापना गरेको कोरोना राहत कोषमा सहयोग आउने क्रम जारी छ ।
यसैक्रममा सूर्य नेपाल प्रालिले एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।
सामाजिक उत्तरदायित्व स्वरुप कम्पनीका वाणिज्य प्रमुख गौतम यादवले कोरोना विरुद्धको अभियानमा कम्पनीतर्र्फबाट सो बराबरको आर्थिक सहयोग गरिएको बताए ।
सो अवसरमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त सहयोगप्रति आभार व्यक्त गरे ।