नेपाली लोक स्वादको समृद्ध ब्राण्ड: थकाली व्यञ्जन

-



     -आरबी बुढाथोकी    
     श्रावण ३ गते २०७७ मा प्रकाशित



वाह ! थकाली खाना सेट । कसलाई मन नपर्ला ? सबैको मन लोभ्याएको थकाली खाना थकाली समुदायमा मात्र होइन, अन्य समुदायमा पनि लोकप्रिय भइसकेको छ । हुँदाहुँदा नेपालको एक ब्राण्ड भएर विदेशसम्म छाउन थालेको छ । जहाँ–जहाँ नेपाली पुगे, त्यहाँ–त्यहाँ नेपालीहरुले आफ्नो कला संस्कृतिलाई पनि फिजाउँदै गए । र, खाना भनेको आफ्नो कला संस्कृतिको एक अभिन्न अंग हुने हुँदा सँगसँगै स्वतः फिजिदै गयो ।

थकाली जाति नेपालमा बसोबास गर्ने एक प्रमुख जाति हो । मुस्ताङको थाकखोला थकालीहरूको गढ मानिन्छ । यद्यपि देशका विभिन्न ठाउँहरूमा थकाली जातिहरू छरिएर रहेका छन् । थकाली जाति तिब्बती बर्मेली परिवारमा पर्दछन् । थकाली भाषा गुरुङ (तमु) र तामाङ भाषाहरूसँग मिल्दोजुल्दो किसिमको हुन्छ । थकाली जातिको आर्थिक संस्थालाई ढिङ्कुर भनिन्छ।

थकाली खानालाई मेहनतको एक समृद्ध नेपाली ब्राण्ड भनेर पनि चिनिएको छ, जसले थकालीलाई मात्र नभै समग्र नेपाललाई विश्वभर चिनाउन सहयोग पु¥याएको छ । उनीहरुको लोक, मौलिक, रैथाने र परम्परागत खाना थकाली खाना हो। राजधानीको तुलनामा पोखरामा केही वास्तविक थकालीको शुद्ध स्वाद चाख्न पाइने भए तापनि वास्तविक स्वादका लागि मनाङ, मुस्ताङ नै पुग्ने पर्छ । जहाँ स्थानीयहरुले खोलेको थकाली रेष्टुरेन्टहरुमा खुवाउँछन् । मुस्ताङ दक्षिणतर्फ पर्ने सात सय क्षेत्र थकालीहरुको मूलथलो मानिन्छ र थाक खोला क्षेत्रलाई पितृथलो मान्ने जाति यिनीहरु नै भएका कारण यिनीहरुलाई थकालीका रुपमा परापूर्वककालदेखि नै चिनिँदै आएको छ ।

राजधानीमा जति पनि थकाली रेष्टुरेन्टहरु खुलेका छन्, यी रेष्टुरेन्टहरुमा तपाईं घुमेर थकाली स्वाद चाख्दै हिंड्नु भयो भने फरक–फरक भेट्नु हुन्छ । वास्तवमै यिनीहरुमा एकरुपता भेट्न मुस्किल छ । वास्तविक थकाली खानाको व्यञ्जन भेट्न पनि गाह्रो छ । गैरथकालीहरुले थकाली खानाको पूर्ण ज्ञानबिना नै बोर्डमा थकाली जनाएर चलाएका यी रेष्टुरेन्ट या भोजनालयहरुमा धेरै ग्राहकहरुले वास्तविक थकाली खानाको तृष्णा मेट्न पाएका छैनन् । अन्य ठाउँको आलु र फापरको स्वाद पनि मुस्ताङ्जस्तो नहुने हुँदा वास्तविक स्वाद निकाल्न गैरथकालीहरुलाई गाह्रो भएको हो । हिमालको चिसो स्थानमा फलेका खाद्यान्नको स्वाद नै फरक हुन्छ । यो खाना सरसफाइ, हिमाली थाक खोलाको पानी र खानाको परिकार निर्माणको परिश्रमसँग विशेष सम्बध राख्ने हुँदा पनि फरक स्वाद हुन पुगेको निश्चित छ ।

जुन समय मुस्ताङ आमा, दिदीबहिनीहरुले हिमाल छाडेर त्रिशूली र मस्याङ्दी नदीको दोभान मुग्लिनमा आफ्नो पेशा सार्दै काठमाडौंको बौद्ध, स्वयम्भु हुँदै विभिन्न स्थानमा छरिन थाले, अनि सबैले थकाली खानालाई चिन्दै गए । स्वाद जिब्रोमा झुण्डिन थाल्यो । विस्तारै–विस्तारै विदेशीको जिब्रोमा पनि झुण्डिन थालेपछि यसले व्यावसायिक रुप लिएर यत्र तत्र सर्वत्र हुन थालेको हो । वैदशिक रोजगारीको रुपमा होस् या अध्ययन रुपमा नेपालीहरु संसारमा छरिने क्रम बढेसँगै यो खानाले पनि विदेशीभूमि सयर गर्ने मौका पायो । देशलाई चिनाउने ब्राण्ड बन्यो । भकारीले बेरेर बनाइएको भट्टी किसिमको संमचना परिवर्तन गरिँदै लगियो र पाँचतारे होटलसम्म यसको पहिचान छाउन थाल्यो । अहिले नेपाली तारेहोटलहरुमा पनि थकाली खाना अनिवार्य जस्तै पाइन्छ ।

उता, नीलगिरि र धौलागिरिलाई भेट्न जाने विदेशी या स्वदेशी कसैले पनि थकालीको भकारीको भट्टीलाई बिर्सन सकेनन् र आफ्नो तृसना मेटाउन मीठो बोली, सरल र आत्मीय व्यवहार, सफा सुग्घर सहित स्थानीय हिमाली घीउ हालेर पकाएको लामो–लामो चामल वा फापरको ढिँडोको सुगन्ध, साँधेको गुन्द्रुकको मिठास, हिमाली टिमुरे आलुको अचार, मुस्ताङी सिरेटोले हानेर रसिलो बनाएको रायोको सागसँग जिम्बुले झानेको मुस्ताङ्गी कालोदाल त्यसैमाथि जिब्रो पड्किने अमिलो गोलभेँडाको अचारले शाकाहारी होस् या मांसहारी आगन्तुकहरुलाई मन लोभ्याउँदै गएको छ ।

केही प्रमुख थकाली रेष्टुरेन्ट:


थकाली चुल्हो एण्ड रेष्टुरेण्ट,लाजिम्पाट थकाली खाना एन्ड न्यू बाजेको सेकुवा कर्नर,थकाली भान्छा धर एण्ड रेष्टुरेण्ट,हिमालयन थकाली किचन,टी ३ थकाली एन्ड मल्टी फुड ग्यालरी,द थकाली भन्सा एन्ड सेकुवा क्याफे,थकाली भान्छा घर दरबारमार्ग,मुस्ताङ थकाली किचन,द थकाली फुड क्याफे,थकाली घर आगन रेस्टुरेन्ट,थकाली रेस्टुरेन्ट, स्पाइसी अफिएर थकाली रेस्टुरेन्ट,मुक्तीनाथ थकाली रेस्टुरेन्ट,निगिरी थकाली डिलाइट,लेते थकाली भान्सा,डेलिसियस थकाली रेस्टुरेन्ट एन्ड बार, टुक्चे थकाली किचन,जिम्बु थकाली थकाली भान्छा घर एण्ड फास्टफुड सिम्रिक रेष्टुरेण्ट,जिम्बु थकाली,कान्तिपुर थकाली किचेन एण्ड फाष्ट फुड,जोमसोम थकाली एण्ड फास्ट फुड,नमस्ते रोधी एन्ड थकाली रेस्टुरेन्ट,थकाली किचेन एण्ड फाष्टफुड,टी३ थकाली किचन,मुस्ताङ थकाली किचन,केलसाङ थकाली, किचन,फरेन्हाइट थकाली किचेन,मान्द्रो थकाली भन्सा घर एन्ड फास्ट फुड रेस्टुरेन्ट,धरहरा थकाली किचन,धरहरा थकाली किचेन,टी ३ थकाली भन्सा एन्ड सेकुवा क्याफे,नेपाली ढिडो एन्ड थकाली रेस्टुरेन्ट,थकालि खाजा घर,पारु थकाली किचन एन्ड रेस्टुरेन्ट,स्तुपा थकाली किचन,रोयल थकाली भान्छा घर,दरबारमार्ग थकाली किचन,थाकखोला कुजिन नयाँ बनेश्वर,बगान थकाली किचन काठमन्डौका केही प्रमुख थकाली रेस्टुरेन्टहरु भएता पनि आधिकारिक थकाली खाना र खाजा ख्वाउने भान्छाघर थोरै छन् कान्तिपुर शहरमा ।

नेपालका प्रायः सबैजसो प्रमुख सहरहरुमा थकाली रेष्टुरेन्टहरु खुलेका छन् । त्यसमा पनि सबैभन्दा बढी काठमाडौं र पोखरामा देख्न सकिन्छ । थकाली चुल्हो एण्ड रेष्टुरेण्ट, लाजिम्पाट थकाली खाना एण्ड न्यू बाजेको सेकुवा कर्नर, थकाली भान्छाघर एण्ड रेष्टुरेण्ट, हिमालयन थकाली किचन, टी ३ थकाली एण्ड मल्टी फूड ग्यालरी, द थकाली भान्सा एण्ड सेकुवा क्याफे, थकाली भान्छाघर दरबारमार्ग, मुस्ताङ थकाली किचन, द थकाली फूड क्याफे, थकाली घरआँगन रेष्टुरेन्ट, थकाली रेष्टुरेन्ट, स्पाइसी अफिएर थकाली रेष्टुरेन्ट, मुक्तिनाथ थकाली रेष्टुरेन्ट, नीलगिरि थकाली डिलाइट, लेते थकाली भान्सा, डेलिसियस थकाली रेष्टुरेन्ट एण्ड बार, टुक्चे थकाली किचन, जिम्बु थकाली थकाली भान्छाघर एण्ड फास्टफूड सिम्रिक रेष्टुरेण्ट, जिम्बु थकाली, कान्तिपुर थकाली किचेन एण्ड फाष्ट फूड, जोमसोम थकाली एण्ड फास्ट फूड, नमस्ते रोधी एण्ड थकाली रेष्टुरेन्ट, थकाली किचेन एण्ड फाष्टफूड, टी३ थकाली किचन, मुस्ताङ थकाली किचन, केलसाङ थकाली, किचन, फरेन्हाइट थकाली किचेन, मान्द्रो थकाली भन्सा घर एण्ड फास्ट फूड रेष्टुरेन्ट, धरहरा थकाली किचन, धरहरा थकाली किचेन, टी ३ थकाली भन्सा एण्ड सेकुवा क्याफे, नेपाली ढिडो एण्ड थकाली रेष्टुरेन्ट, थकाली खाजाघर, पारु थकाली किचन एण्ड रेष्टुरेन्ट, स्तुपा थकाली किचन, रोयल थकाली भान्छा घर, दरबारमार्ग थकाली किचन, थाकखोला कुजिन नयाँ बानेश्वर, बगान थकाली किचन लगायत काठमाडांैका केही प्रमुख थकाली रेष्टुरेन्टहरु भए तापनि आधिकारिक थकाली खाना र खाजा ख्वाउने भान्छाघर थोरै छन्, कान्तिपुर सहरमा ।

पोखरामा थकाली भान्सा, मन्त्र थकाली, मुस्ताङ थकाली भान्सा पोखरा, माहिली थकाली भान्साघर, हिमालय थकाली भान्सा, एयरपोर्ट थकाली भान्साघर, थकाली भोजनालय, यूमीको थकाली भान्छाघर, न्यू थकाली गेष्ट हाउस, न्यू फिसटेल भ्यू एण्ड थकाली भान्साघर, तेस्रो आँखा भोजनालय, मुस्ताङ अबेर होटल र रेष्टुरेन्ट थकाली भान्सा, होटल थकाली लगायत प्रमुख छन् ।

ओल्ड नमस्ते गेष्ट हाउस थकाली भान्साघर लेते, होटल माउन्टेन ब्रेज एण्ड थकाली किचन जोमसोम, होटल मुस्ताङ ताज एण्ड थकाली किचन जोमसोम, अंकिता थकाली खाजाघर बेनी जोमसोम रोड सिखा, होटल कालीगण्डकी एण्ड थकाली किचन, बेनी जोमसोम रोड बगरखोला, कविन गेस्ट हाउस एण्ड रेष्टुरेन्ट जोमसोम सडक, दाना लगायत रेष्टुरेन्टहरु मुस्ताङ र छेउछाउका इलाकामा प्रमुख छन्।

के–के छन् थकाली खाना ?

थाक सातसयजस्तो भौगोलिक विकटता रहेको ठाउँमा पनि थकालीहरुले सामान्य प्रचलित खाना अलावा अन्य मीठो खानाका लागि थुप्रै उत्कृष्ट खानाको विकास गरे । परिमार्जन गरी व्यवस्थित गरे । सन्तुलित आहार रुपमा सेट मिलाएर र अन्तर्राष्ट्रिय बजारसम्म पु¥याए । यिनीहरुको यो कार्यले नेपालदेखि साउथ एसिया, मिडलिस्ट, जापानहुँदै युरोप, अमेरिका र अष्ट्रेलियासम्म पु¥याएका छन् । जसले नेपालको नाम विश्वभर चिनिएको छ । मुस्ताङगी घ्यू हालेको चामलको भात, पापरको ढिंडो, स्थानीय आलुको अचार, हिमाली रायोको साग, मुस्ताङगी फापरको साग, गुन्द्रुक साँदेको, जिम्बु झानेको मुस्ताङगी कालो दाल, अमिलो गोलभेँडाको अचार, मूलाको सिन्की अचार, टिमुरे आलु तारेको, मुस्ताङगी टिमुरको छोप, हिमाली कालो नून र खुर्सानीको छोप, चौँरीको सुकुटी, हिमाली भालेको झोल, आलुको रोटी, आलुको ढिंडो, मार्फा स्याउको चिप्स, स्याको मार्फा रक्सी, स्याउको वाइन निकै प्रसिद्ध मानिन्छ ।

च्याङ्ग्राको सुकुटी, च्याङ्ग्राको भुटुवा, च्याङ्ग्राको झोल, मुस्ताङगी बोडी, मुस्ताङगी सिमी, जिम्बु टिमुरको पिरो छोप, स्थानीय लसुनको अचार, फापर सागको सुप, लेप्पखु (खसीको टाउकोको परिकार), कन्छेम्ब (नुनिलो फापरको ढिंडोलाई लाम्चो सेव दिएर तारेर बनाएको परिकार), भोटो (फापरको मुछेको पीठो गोलो सेब दिएर तातोपानीमा पकाएर घ्यू र टिमुरको छोप हालेर पकाएको हिमाली खाना), टस्यखु (यो खसी या च्याङ्ग्राको टाउकोमा नुन, लसुन तथा टिम्मुर हाली उमालेर तयार पारिने परिकार), ढाप्रा (सुकाएको फापरलाई स्थानीय घट्टमा पिसेर बनाएको दाल), फारो दाल (सेतो सिमी भुटेर बोक्रा फाली घट्टमा मैदाजस्तै पिसेर घिउमा भुटेर दाल पकाइने दाल), आलुंखु (थकालीहरूले जाडो महिनामा खाने परिकार) मौसमी ताजा सलाद, मही, दही लगायत खाढुंग खसीको आन्द्रामा रगत, कलेजो, फोक्सो लगायत भरिएको ससेजजस्तै खाना, जुन खाना थकालीहरूले फागूपूर्णिमाका अवसरमा टिम्बुरको छोपमा चोपेर खान्छन् । अलान्खू पनि थकालीहरुको निकै लोकप्रिय खाना हो । जुन भेजिटेबल सुपमा फापरको डम्पलिङ्ग हालेर पकाइन्छ र तातो तातो पस्किन्छन् । यस्तै, प्ला अर्थात् तरकारी, जुन दुर्गम लेकमा पाइने मेथीको सागबाट बन्ने स्वास्थ्यवद्र्धक तरकारी थकाली भोजनको एक प्रमुख हिस्सा हो । थकालीहरुको अर्काे लोक खाना रा स्याप्ला पनि हो । जुन खसीको सुकुटीको झोल तरकारीसँग मसिनो चामलको भात दिइन्छ । यो निकै स्वादिष्ट र अलिक फरक स्वादको हुन्छ ।


थकालीहरुले आफ्नो खाना बृहत्तर हुँदै अन्तर्राष्ट्रिकरण हुन थालेसँगै खानामा विविधता र परिमार्जन पनि गर्दै लागेका छन् । जसका कारण लोकप्रियता पनि बढ्ने क्रममा छ । थाकखोलाबाट शुरु भएको दालभातको शैली अब एक लेकाली भान्साको ब्रान्डमा परिणत भएको छ ।

थकाली खानाको अर्को विशेषता भनेको पस्किने शैली हो । काँचको थालमा काँचकै कचौरा प्लेटले घेरेर दिने हुँदा यो सेट मौलिकमात्र नभै विश्वको कुनै पनि कुनामा नपाइने फरक शैलीले लोकप्रियता कमाउँदै गएको छ ।

(लेखक सोल्टी क्राउन प्लाजाका सु.सेफ हुन्)