बालविवाह अभियोगमा स्याङजामा युवक पक्राउ

-



     सफल आवाज    
     श्रावण ४ गते २०७७ मा प्रकाशित


बालविवाह गरेको अभियोगमा स्याङ्जामा २४ वर्षीय एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा आँधीखोला गाउँपालिका वडा १ बस्ने नारायणप्रसाद तिवारी हुन् ।

तिवारीले गत असार २१ मा आँधीखोलाकै १७ वर्षीया एक किशोरीलाई बालविवाह गरेको भन्दै स्थानीय ५१ वर्षीय केशवराज पौडेल लगायतले प्रहरी कार्यालयमा दिएको किटानी जाहेरी दिएका थिए । गत असार ३१ मा दिइएको सो जाहेरी आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले निज तिवारीलाई सोही दिन पक्राउ गरी विवाहसम्बन्धी कसूरअन्तर्गत (बालविवाह) मुद्दा दर्ता गरेको प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

निज तिवारीलाई साउन १ मा स्याङ्जा जिल्ला अदालतमा पेस गरी ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको जनाइएको छ । साथै तिवारीका बाबुआमा समेत ४ जनालाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।