राखेप सदस्यसचिवमा उम्मेदवारी

-



     सफल आवाज    
     श्रावण ४ गते २०७७ मा प्रकाशित



राष्ट्रिय खेलकुद परिषद् (राखेप) को इतिहासमा सदस्यसचिवका लागि पहिलोपटक आवेदन मागिएको छ । राखेपको २२ औं सदस्यसचिवको दौडमा २७ जनाको उम्मेदवारी परेको छ ।

दरखास्त दिनेमा खेल क्षेत्रका व्यक्तिसँगै राजनीतिक पृष्ठभूमिका समेत छन् । आवेदन दिनमा यसअघिका सदस्यसचिव रमेशकुमार सिलवाल समेत छन् । असार २६ मा दरखास्त आह्वान गरिएपछि तोकिएको म्याद अवधि बिहीबारसम्म उनीहरुले आवेदन दिएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

३ महिलासहित कुल २७ जना आवेदकमध्ये २ जनाको उम्मेदवारी रद्ध

देशभरबाट ३ महिलासहित कुल २७ जना आवेदकमध्ये २ जनाको उम्मेदवारी रद्ध भएको जनाइएको छ । रद्ध हुनेमा कास्कीका मनबहादुर गुरुङ र किशोर शाही छन् । गुरुङ ६० वर्ष पूरा भएका छन् भने शाहीको आवश्यक योग्यता पूरा नभएको स्रोतले जनायो ।

सिफारिस समितिले १ महिलासहित ३ जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ ।
सिफारिस भएकामध्ये एक जनालाई मन्त्रिपरिषद्को बैठकले २२ औं सदस्यसचिवको रुपमा नियुक्त गर्नेछ।