गरिमा विकास बैंकको सजिलो घर कर्जा योजना

-



     सफल आवाज    
     श्रावण ६ गते २०७७ मा प्रकाशित



गरिमा विकास बैंकले सजिलो घर कर्जा योजना ल्याएको छ । यो योजना अन्तरगत विकास बैंकले ग्राहकलाई ९.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।

यो कर्जा योजनामा सहभागी हुने ग्राहकले दुई वर्ष सम्म ब्याज मात्र भुक्तानी गर्न सक्नेछन । ३० वर्षसम्मको किस्तामा कर्जा सुबिधा उपलब्ध हुने यो कर्जा योजनामा १ वर्ष सम्म कर्जाको व्याजदर परिवर्तन नहुने र सेवा शुल्कमा ५० प्रतिशत छुट समेत हुनेछ ।

अन्य बैंक तथा वित्तीय संस्थाबाट घरकर्जा लिएको भएपनि सो कर्जा स्वाप गर्न सकिने र स्वाप गर्दा कुनै पनि शुल्क नलाग्ने प्रमुख कार्यकारी अधिकृत ढकालले बताए ।