प्रभु क्यापिटलको प्रबन्ध निर्देशकमा थकाली

-



     सफल आवाज    
     श्रावण ७ गते २०७७ मा प्रकाशित



प्रभु क्यापिटल लिमिटेडको प्रबन्ध निर्देशकमा यूवा बैंकर दिनेश थकाली नियुक्त भएका छन् । प्रभु बैंक अन्तर्गतको प्रभु क्यापिटल लिमिटेडको सञ्चालक समितिले थकालीलाई प्रबन्ध निर्देशक नियुक्त गरेको हो ।

प्रभु क्यापिटलको सञ्चालक समेत रहेका थकालीले व्यवस्थापनले गरेको विश्वास प्रति कृतज्ञता व्यक्त गर्दै आफ्नो क्षमताले भ्याएसम्म टिमवर्कमा काम गर्दै कम्पनीको लक्ष्य प्राप्तीमा क्रियाशिल रहने बताए ।

चाटर्ड एकाउन्टेण्ट समेत रहेका दिनेश थकाली यस अघि प्रभु बैंकको सिओओ थिए । प्रभु बैंक आउनु अघि उनले सांग्रीला डेभलपमेन्ट बैंकमा कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गरिसकेका थिए ।