
मुक्तिनाथ विकास बैंकले मुक्तिनाथ ग्राहक विशेष लाभ योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत बैंकले प्रदान गर्ने अधिकांश कर्जाहरुमा सीमित अवधिका आकर्षक सेवा तथा सुविधाहरु प्रदान गर्ने बताइएको छ । बैकका अनुसार यो योजना अन्तर्गत ग्राहकलाई न्युनतम ब्याजदरमा ४८ कार्य घण्टा भित्र कर्जा स्वीकृती गरिनेछ ।
नियमित किस्ता तिरेमा तिरेको ब्याजमा १० प्रतिशत छुट पाइने, एक वर्षसम्म कर्जा स्वीकृत हुँदा कायम ब्याजदर परिवर्तन नगरिने, कर्जा सेवा शुल्क अधिकतम १ प्रतिशत मात्र गरिने सुबिधा रहेको बैकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए ।
बैंकबाट कर्जा लिएका ग्राहकहरुले २०७७ असार मसान्तको कर्जाको तिर्न बाँकी सांवा र ब्याज २०७७ श्रावण मसान्तसम्ममा चुक्ता गरेमा कर्जाको ब्याजदरमा २ प्रतिशत सम्मको छुट प्रदान गर्ने समेत बताइएको छ ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखा मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आईरहेको छ । प्रविधिमा आधारित मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आईरहेको प्रमुख सूचना अधिकारी गुरुङ्गले बताए