
काठमाडौं, ८ साउन । बीमा कम्पनीहरुले एक वर्षमा एक खर्ब २० खर्ब २५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष २०७६।७७ मा १ खर्ब २० अर्ब २५ करोड रुपैयाँ बीमा शुल्क आजैन गरेका हुन् ।
चालु आर्थिक वर्षमा जीवन बीमातर्फ नेपाल लाइफ र निर्जीवन बीमातर्फ शिखर इन्स्योरेन्स सबैलाई उछिनेर आफ्नो अग्रता कायमै राखेको छ ।यस अवधिमा नेपाल लाइफले २८ अर्ब ३९ करोड र शिखर इन्स्योरेन्सले ३ अर्ब ५२ करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।
कुन बीमा कम्पनीले कति आर्जन गरे ? सूचीमा हेर्नुहोस्
नेपाल लाइफ २८ अर्ब ३९ करोड रुपैयाँ
एलआईसी नेपाल १५ अर्ब ३१ करोड रुपैयाँ
नेशनल लाइफ इन्स्योरेन्स ९ अर्ब २१ करोड रुपैयाँ,
राष्टिय बीमा संस्थान ७ अर्ब ५ करोड रुपैयाँ
युनियन लाइफ इनस्योरेन्स ४ अर्ब ८० करोड रुपैयाँ
एशियन लाइफले ४ अर्ब ५४ करोड रुपैयाँ
मेटलाइफले ४ अर्ब १५ करोड रुपैयाँ
प्राइम लाइफले ३ अर्ब ३१ करोड रुपैयाँ
सूर्या लाइफले ३ अर्ब २० करोड रुपैयाँ
गुराँस लाइफले २ अर्ब १९ करोड रुपैयाँ
सिटिजन लाइफले एक अर्ब ९६ करोड रुपैयाँ
ज्योति लाइफले १ अर्ब ८९ करोड रुपैयाँ
रिलायवल लाइफले १ अर्ब ६० करोड रुपैयाँ
रिलायन्स लाइफ १ अर्ब ४० करोड रुपैयाँ
आईएमइ लाइफ १ अर्ब ४० करोड रुपैयाँ
प्रभु लाइफको १ अर्ब १८ करोड रुपैयाँ
सन नेपाल लाइफले १ अर्ब ११ करोड रुपैयाँ