सुनकाे मूल्यमा नयाँ रेकर्ड

-



     सफल आवाज    
     श्रावण ८ गते २०७७ मा प्रकाशित



नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ६५ निर्धारण गरेको छ ।

बुधबार एकै दिन सुनको मूल्य प्रतितोला रु एक हजार ३०० ले बढेको थियो । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५६० तोकिएको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु १० ले वृद्धि भएर एक हजार १४५ पुगेको छ ।