काठमाडौंमा युवतीमाथि एसिड प्रहार

-



     सफल आवाज    
     श्रावण ८ गते २०७७ मा प्रकाशित



काठमाडौं, ८ साउन । राजधानीको सीतापाइलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुंगा घर भइ हाल सीतापाइलामा बस्दै आएकी २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको हो ।

दही किन्न भनि डेराबाट बाहिर निस्केकी उनीमाथि बिहीबार साँझ एसिड प्रहार भएको हो । उनलाई कसले एसिड प्रहार गरेको हो भन्नेबारे खुल्न नसकेको महानगरीय प्रहरी बृत्त स्वयम्भुका डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए ।