सुजुकीको भिटारा ब्रेजा गाडी बजारमा

-



     सफल आवाज    
     श्रावण १३ गते २०७७ मा प्रकाशित



मारुती सुुजुकी ब्राण्डको पेट्रोल इन्जिन जडित भिटारा ब्रेजा गाडीको पोखरामा विक्री शुभारम्भ गरिएको छ । सुजुकीको पोखरा तथा यस क्षेत्रको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रालिले सोे गाडीको विक्री आरम्भ गरेको हो ।

बतासका प्रमुख अपरेटिङ अफिसर सिओओ राजेश रानाभाट तथा डेपुटी महाप्रवन्धक विश्वमणी भण्डारीले एक हजार ५०० सिसी क्षमताको पेट्रोल इन्जिनको सो गाडी सार्वजनिक गरेका हुन । भिएक्सआई र जेडएक्सआइ भेरियन्टमा उपलव्ध यस गाडीको मुल्य रु ४१ लाख ६९ हजारदेखी रु ४४ लाख ६९ हजारसम्म रहेको छ ।

शुभारम्भका अवसरमा ५० गाडीसम्म विक्री गर्दा शुरुआती मुल्यमा रु तीन लाख ७० हजार छुट प्रदान गरिने बताइएको छ । चार वर्र्ष अघि सार्वजनिक गरिको ब्रेजा नेपालमै सबैभन्दा बढी विक्री भएको एसयुभी मध्येमा पर्छ । नयाँ भिटारा ब्रेजा पहिलेभन्दा बढी आकर्षक र शक्तिशाली भएको कम्पनीको दावी छ ।