नेप्से परिसूचकसँगै काराेबार रकम पनि घट्याे

-



     सफल आवाज    
     श्रावण १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, ११ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको तेश्रो दिन मंगलबार घटेको छ । आज नेप्से ७ दशमलव ५९ अंकले घटेर १ हजार ४५४ दशमलव ८९ विन्दुमा कायम भएको हो ।

नेप्सेका अनुसार आज एक अर्ब २५ करोड ९७ लाख ५१ हजार ५५७ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा फाइनान्स र म्यूचिअल फण्डबाहेक अन्य सबै समूह नकारात्मक बन्न पुगेका छन् ।