सांग्रिला डेभलपमेन्ट बैंकको बिभिन्न कर्जा योजना सार्वजनिक

-



     सफल आवाज    
     श्रावण १४ गते २०७७ मा प्रकाशित



सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी बिभिन्न कर्जा योजना सार्वजनिक गरेको छ । बैकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठका अनुसार बैकले सांग्रिला घर कर्जा ,सांग्रिला सुन कर्जा र सांग्रिला शेयर कर्जा योजना सार्वजनिक गरेको हो ।

सांग्रिला घर कर्जा योजना

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहक महानुभावको सुबिधालाई ध्यानमा राखी सांग्रिला घर कर्जा योजना सार्वजनिक गरेको छ । यस योजनामा ९.९९ प्रतिशत व्याजदरमा सांग्रिला घर कर्जा ल्याएको छ । यस घर कर्जा योजना अन्तरगत ग्राहक महानुभावले आफनो आवश्यकता अनुसार नया आवासीय जग्गा खरिद, आवासीय घर निर्माण तथा अपार्टमेण्ट खरिदका लागि कर्जा लिन सक्नेछन । यस कर्जा अन्तरगत ग्राहकलाई रु.५०,०००( अक्षरेपी रु पचास हजार) को कोरोना बीमा तथा रु ५००,०००(अक्षरेपी रु पाँच लाख) सम्मको दुर्घटना बीमा समावेश गरिएको छ ।

सांग्रिला सुन कर्जा योजना

सांग्रिला डेभलपमेन्ट बैंकले ग्राहक लक्षित गरी सांग्रिला सुन कर्जा योजना सार्वजनिक गरेको छ । यस योजनामा न्युन व्याजदरमा आपूसँग भएको सुन राखेर कर्जा लिन सकिनेछ । यस कर्जा योजना अन्तरगत ग्राहक महानुभावले आफनो आवश्यकता अनुसार कर्जा सीमा थपघट गर्न सक्नेछन । ग्राहकको सुविधालाई ध्यान दिदैं १ घण्टा भित्रै सम्पूर्ण कार्य सम्पादन गरिनेछ ।

सांग्रिला शेयर कर्जा योजना

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई लक्षित गरि सांग्रिला शेयर कर्जा योजना सार्वजनिक गरेको छ । यस योजनामा ९.९९ प्रतिशत व्याजदरमा शेयर खरीद अगाडी नै कर्जा सिमा प्रदान गरिने तथा आपूसँग भएको शेयर धितो राखेर पनि कर्जा लिन सकिनेछ । यस शेयर कर्जा योजना अन्तरगत ग्राहकले आफनो आवश्यकता अनुसार कर्जा सीमा थपघट गर्न सक्नुहुनेछ ।

बैकले हाल मुलुकभरका ९१ शाखा कार्यालयहरु र ३० एटिएमबाट आधुनिक बितिय सेवा दिदै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको बैकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले सफल आवाज लाई बताए ।