सुनकाे मुल्यमा रेकर्ड नै रेकर्ड, प्रतिताेला एक लाख नजिक

-



     सफल आवाज    
     श्रावण १५ गते २०७७ मा प्रकाशित



काठमाडैं, १५ साउन । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ पुगेको छ । निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्य बिहीबार ९९ हजार पुग्दै नयाँ रेकर्ड कायम भएको हो ।

अघिल्लो दिन बुधबार सुनको मूल्य ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बिहीबार चाँदी १२२५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।