सिद्धार्थ बैंकको ९.५ प्रतिशतमा एसएमई कर्जा योजना

-



     सफल आवाज    
     श्रावण १५ गते २०७७ मा प्रकाशित



सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै एसएमई कर्जा (साना तथा मझौला कर्जा) योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले ९.५ प्रतिशत वार्षिक ब्याजदरमा एसएमई कर्जा प्राप्त गर्न सक्ने बैकले बताएको छ ।

कोभिड–१९ महामारीले व्यवसायमा परिरहेको यो असहज परिस्थितिमा कर्जालाई सहजीकरण गर्ने उद्देश्यले ‘जस्तोसुकै परिस्थिति होस, नरोकियोस् केही गर्ने जोस’ नारासहित यो योजना ल्याएको जनाइएको छ ।

यो कर्जा योजनाले देशका साना तथा मझौला व्यवसायलाई टेवा पुग्ने बैकले विश्वास लिएको बैक स्रोतले बताएको छ ।