सिटिजन्स बैंकको घर कर्जा र एसएमई कर्जा योजना

-



     सफल आवाज    
     श्रावण १५ गते २०७७ मा प्रकाशित



सिटिजन्स बैंकले सिटिजन्स घर कर्जा योजना र एसएमई कर्जा योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ९.५ प्रतिशत वार्षिक ब्याजदरमा जग्गा तथा घर खरिद गर्न र घर निर्माण गर्न कर्जा प्राप्त गर्न सकिनेछ ।

ग्राहकले कागजात पेस गरेको तीन कार्य दिनभित्र निर्णय हुने सरल प्रक्रियाको यो कर्जाको अवधी २५ वर्षसम्मको हुनेछ । घर कर्जा लिने ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड प्रदान गरिने बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १ सय ९ वटा शाखा, ९८ वटा एटिएम र १ सय ४ वटा शाखा रहित बैंकिङ एकाईबाट करिब साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको बताइएको छ ।