
सांग्रिला डेभलपमेन्ट बैंकले कोरोना महामारीबाट प्रभाबित आफना सेवाग्राही (ऋणी) हरूलाई श्रावण महिनाको ब्याज रकममा २० प्रतिशत छुट गर्ने भएको छ ।
बैंकका ऋणीहरूले २०७७ असार मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम श्रावण मसान्तसम्म भुक्तानी गरेमा श्रावण महिनाको ब्याज रकममा सहुलियत स्वरुप २० प्रतिशत छुट प्रदान गरिने बैकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले सफल आवाजलाई बताए ।
बैंकले ब्याज रकममा प्रदान गर्ने छुटले बैकका ऋणीहरुलाई यो विषम परिस्थितिमा केही सहयोग पुग्नेमा बैंक विश्वस्त छ- सिईओ सुयोग श्रेष्ठले भने ।
देशभरका ९१ शाखा कार्यालयहरु, ३० एटिएमबाट बितिय सेवा प्रदान गरिरहेको बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै सेवा प्रदान गरिरहेको छ ।