एनएमबि बैंक र एन क्लाउडको सम्झौता

-



     सफल आवाज    
     श्रावण १७ गते २०७७ मा प्रकाशित



एनएमबि बैंकले एन क्लाउड प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । यातायात क्षेत्रमा डिजिटल भुक्तानी च्यानल प्रवद्र्धन गर्न बैंकले यो सम्झौता गरेको हो ।

सम्झौताले सम्पर्क रहित कार्ड र पिओएस टर्मिनलहरूको माध्यमबाट सार्वजनिक यातायातहरूमा डिजिटल भुक्तानी संकलन प्रणाली लागु गर्नेछ ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के सी र एनक्लाउडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र नारायण श्रेष्ठले हस्ताक्षर गरेका छन ।

बैंकले छिटै नै अन्य बस समितिसँग समझदारी गर्ने र समानान्तर बस भाडा संकलन प्रणालीको लागी अरु अपरेटरहरूसँग सहकार्य शुरू गर्ने योजना रहेको बताइएको छ ।