सुनकाे मूल्य बढेकाे बढ्यै, प्रतिताेला ९९ हजार ६०० पुग्याे

-



     सफल आवाज    
     श्रावण १८ गते २०७७ मा प्रकाशित



काठमाडौं, १८ साउन । सुनको मूल्य तोलामै एक लाख रुपैयाँ हाराहारी पुगेको छ । अघिल्लो दिनको तुलनामा आज ३ सय रुपैयाँले बढेर छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि शुक्रबार सुनको मूल्य तोलामा ९९ हजार ३०० रहेको थियो ।

यस्तै तेजावी सुन तोलामा ९९ हजार १६० रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदीको भाउ तोलामा १२ सय ३० रुपैयाँ पुगेको छ ।