मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा शर्मा नियुक्त

-



     सफल आवाज    
     श्रावण १८ गते २०७७ मा प्रकाशित


मुक्तिनाथ विकास बैंकको संचालक समितिले श्यामसुन्दर शर्मालाई बैंकको स्वतन्त्र संचालकमा आज आइतबार नियुक्त गरेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम श्यामसुन्दर शर्मालाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको बैकका अध्यक्ष भरतराज ढकालले बताए ।

शर्माले नेपाल सरकारको उच्च पदमा रही विभिन्न मन्त्रालय अन्तर्गत करिव ३९ वर्ष कार्य गरी सकेका छन । उनी व्यवस्थापन विज्ञको रुपमा परिचित छन । विभिन्न दातृ निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका शर्माले लिभरपुल विश्वविद्यालय बेलायतबाट तथा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३७ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैककका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए ।