
पोखराको ग्यालेक्सी हस्पिटल प्रा लि र एनआईसी एशिया बैंक लि बिच स्वास्थ्य सेवामा छुट दिने संझौता भएको छ । यो संझौता अनुसार अब एनआईसी एशिया बैंकका डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकले ग्यालेक्सी हस्पिटलबाट फार्मेसी बाहेकका सबै स्वास्थ्य सेवा लिदा १२ प्रतिशत छुट पाउने हस्पिटलका प्रबन्ध निर्देशक दिपेन थापाले बताए ।
छुट सम्बन्धी संझौतापत्रमा हस्पिटलको तर्फबाट अध्यक्ष डा. हेमन्त मानन्धर र बैंकका तर्फबाट एनआईसी एशिया बैंकका गण्डकी प्रदेश प्रमुख दिपेन्द्र शर्माले हस्ताक्षर गरेका छन् ।
ग्यालेक्सी हस्पिटलको यो छुट सुविधा बैकका डेबिट, क्रेडिट कार्ड होल्डर ग्राहक सहित बैंकका कर्मचारी र कर्मचारीका परिवारले समेत पाउने संझौता भएको एनआईसी एशिया बैंकका गण्डकी प्रदेश प्रमुख दिपेन्द्र शर्माले बताए ।
२४ घण्टा बिशेषज्ञ सेवा दिईरहेको हस्पिटलले अनुभवी तथा दक्ष बिशेषज्ञ चिकित्सक र कर्मचारीबाट अत्याधुनिक स्वास्थ्य प्रविधिको प्रयोग गर्दै पोखरा १० उत्तमचोकबाट सबै प्रकारका रोगको उपचार सहितका स्वास्थ्य सेवा प्रदान गरिरहेको ग्यालेक्सी हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा.ऋषी ढकालले बताए ।