आईएमई पे र मुक्तिनाथ क्यापिटल बिच सम्झाै‌‍ता

-



     सफल आवाज    
     श्रावण १९ गते २०७७ मा प्रकाशित



आईएमई ग्रुप अन्तरगतको आईएमई पे र मुक्तिनाथ क्यापिटलबिच सम्झाैता भएको छ । यो सम्झाैता अनुसार मुक्तिनाथ क्यापिटल लिमिटेडका सेवाग्राहीहरुले डिम्याट र मेरो शेयर नवीकरण शूल्क आईएमई पे वालेटमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन ।

सम्झौंतापत्रमा मुक्तिनाथ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्र जोशी र आईएमई पेका तर्फबाट बजार व्यवस्थापन प्रमुख गुण श्रेष्ठले हस्ताक्षर गरेका हुन ।

झन्डै २५ हजार आउटलेट सञ्जाल भएको ‘आईएमई पे’ आईएमई गु्रप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२ बमोजिम आईएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आईएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।